पहिरोले पाँच परिवार विस्थापित, २३ घर जोखिममा
पहिरोले मोलुङ गाउँपालिका-७ जेसे गौरीडाँडाका पाँच घरपरिवार विस्थापित भएका छन् । अविरल वर्षाका कारण गएको पहिरोले गौरीडाँडाका पाँच घरपरिवार विस्थापित हनुका साथै २३ घर परिवार जोखिममा परेका छन् ।
पहिरोका कारण गौरीडाँडाका स्थानीय टेकबहादुर पहरी, पेशलबहादुर पहरी, मानबहादुर पहरी, अम्बरबहादुर पहरी र तेजबहादुर सुनुवारको घरमा क्षति भइ पहिरोको उच्च जोखिम रहेकाले पीडित परिवारलाई सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष हेमबहादुर सुनुवारले बताउनु भयो ।
पहिरोका कारण सोही स्थानका अन्य २३ घरपरिवार जोखिममा परेका छन् । जोखिमयुक्त घर परिवारलाई सरसामान, पशुचौपायसहित सुरक्षित ठाउँमा सार्ने प्रयास भइरहेको वडाध्यक्ष सुनुवारले जानकारी दिनुभयो ।
पहिरोका कारण सोही वडाको रतनेमा पनि घरहरू जोखिममा परेका छन् । पहिरोले स्थानीय ५५ वर्षीय पेम्बा तामाङ, ५० वर्षीय मीनबहादुर तामाङले पालेका पशुचौपाया पुरिएका छन् । गोठ माथिको कान्लो भत्किएर गोठ पुरिँदा पशुचौपाया पुरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विजय कार्कीले बताउनु भयो । रतनेका ६५ वर्षीय भक्तबहादुर तामाङ, ५६ वर्षीय सिंहबहादुर तामाङ, ४३ वर्षीया महीरानी तामाङ, पेम्वा तामाङ र मीनबहादुर तामाङको घर पहिरोको जोखिममा रहेकोले पीडित परिवार, पशुचौपाया र सरसामान सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।
पहिरोले स्थानीय भुलभुले खोलाबाट पेल्टीसेटमार्फत निकालिएको विद्युत लाइनमा क्षति पुगेको छ । बालीनालीमा समेत गरेर लाखौँको क्षति भएको र क्षतिको विवरण सङ्कलनको काम पनि भइरहेको प्रहरीले जनाएको छ । पहिरो खस्ने क्रम बढेसँगै जेसे माध्यमिक विद्यालयको भवन जोखिममा परेको छ ।
यसवर्ष पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भइसकेको छ । ०८१ असार १३ गते अविरल वर्षाको कारण घर र गोठमाथि पहिरो खस्दा चिशंखुगढी गाउँपालिका-५ थुम्कीका ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको थियो ।
मौसम पूर्वानुमान महाशाखाको बुलेटिन अनुसार आगामी असार २० गतेसम्म जिल्लामा भारी वर्षाको सम्भावना छ । कोशी प्रदेशका उदयपुरबाहेक १३ ओटै जिल्लालाई मौसम पूर्वानुमान महाशाखाले उच्च जोखिमको क्षेत्रमा राखेको छ ।
सरस्वती बानिया
सम्बन्धित समाचारहरू
केवलकार निर्माण विवाद : प्रहरीको गोली प्रहारबाट एक जना घाइते, आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते
पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केवलकार निर्माण विवादका क्रममा प्रहरीको गोली प्रहारबाट एक जना र आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते भएका छन् । केलवकार निर्माण गर्न नदिने पक्षले ०८१ माघ १२…
बलात्कार प्रयास घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-८ का ४१ वर्षीय पदमबहादुर तामाङविरुद्ध माघ ११ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
३० वर्षीया महिलालाई माघ ९ गते बलात्कार गरेको आरोपमा कालिञ्चोक गाउँपालिका-६ स्थायी घर भई भीमेश्वर नगरपालिका-६ बस्ने २८ वर्षीय मनिकुमार थामीविरुद्ध माघ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भयो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मेलम्ची नपा-८ का २८ वर्षीय फुलमान गोलेलाई माघ १२ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत असार ४ गते बलात्कार गरेको…
परीक्षाको मुखमा विज्ञान शिक्षक नहुँदा विद्यार्थी पढाइबाट वञ्चित
गुल्मीमा अङ्ग्रेजी, विज्ञान र गणित विषय अध्यापन गराउने शिक्षकहरू पाउँनै मुस्किल हुन थालेको छ । सदरमुकाम तम्घास र छिमेकमा समेत मुख्य बिषयमा शिक्षकको सङ्कट रहेको छ । जसको कारण परीक्षाको…