पहिरोले क्षति गरेको विद्यालय भवन मर्मत नहुँदा पठनपाठन प्रभावित
भीमदत्त नगरपालिका–९ मुसेट्टीस्थित सरस्वती आधारभूत विद्यालयको भवनमा ०८१ भदौ अन्तिम साता अविरल वर्षासँगै आएको पहिरोले विद्यालयको भवनमा क्षति पुर्याएपछि पठनपाठन प्रभावित भएको छ ।
सडक छेउमै सरस्वती आधारभूत विद्यालय छ । सडकको माथिल्लतिर पहिरो खसेर भताभुङ्ग छ । सडकमा खसेको पहिरो हालै पन्छ्याएर आवातजावत गर्न मिल्ने भएको छ ।
विद्यालयका प्रधानाध्यापक दिवाकर जोशीले गत भदौ अन्तिम साता अविरल वर्षासँगै खसेको पहिरो कक्षाकोठा भित्र पस्दा विद्यालयभित्र रहेका कागजात, फनिर्चर भिज्नुका साथै विद्यालयको भवनमा क्षति पुर्याएको भए पनि मर्मतसम्भार हुन नसकेपछि पठनपाठनमा समस्या आएको बताउनु भयो ।
पहिरोले क्षति पुर्याएको दुई महिना बिितसक्दा पनि क्षति भएको विद्यालय भवनको मर्मत हुन सकेको छैन् । भवनको विषयमा नगरपालिका, शिक्षा विकास तथा समन्वय समिति, जिल्ला प्रशासनलगायत सरोकारवाला निकायलाई जानकारी गराएको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक दिवाकर जोशीले बताउनु भयो ।‘सबैतिर जानकारी गराएका छौँ, तर मर्मत तथा नयाँ भवन निर्माणका लागि अहिलेसम्म केही भएको छैन, उहाँले भन्नुयो, कतैबाट कोही निरीक्षणका लागि आउनुभएको छैन’, ‘पहिरोले भवन बस्नै नमिल्ने भएको छ ।’
विद्यालयका दुई भवनमध्ये तीनकोठे भवनमा पहिरोले क्षति पुर्याएको थियो । उक्त भवनको ठाउँठाउँमा चिरा परेकाले भवन जीर्ण छ । विद्यार्थी बसाउनै नमिल्ने छ । विद्यालय पछाडीको पर्खाल पनि पहिरोले भत्काएको छ । अर्को दुईकोठे भवनको एउटा कोठामा कार्यालय छ । कक्षा ५ सम्म अध्ययन हुने सरस्वती आधारभूत विद्यालयमा एउटै कोठामा २ कक्षाका विद्यार्थी राखेर पढाउनु पर्ने बाध्यता रहेको प्रधानाध्यापक जोशीको भनाइ छ ।
विद्यालय भवनमा क्षति पुगेपछि हाल घाम लागेका बेला केही घण्टा बाहिर चौरमा राखेर पढाउँने गरिएको छ । कार्यालय बाहेक एउटा कोठालाई विभाजन गरेर दुई कोठा बनाइएको छ । भवन पहिरोले चर्किएपछि विद्यार्थीलाई बसाइमा साह्रै समस्या भएको छ । एउटा कोठालाई विभाजित गरेर दुई बनाउँदा पनि पढाउँदा ध्वोनी प्रदुषणले पढाइमा समस्या हुने गरेको प्रधानाध्यापक जोशीले गुनासो गर्नु भयो ।
दुई ओटा कक्षाका विद्याथीहरुलाई एउटै कक्षामा राखेर फरक फरक विषय अध्यापन गराउन पनि गाह्रो हुने गरेको शिक्षक डब्बल विष्टको भनाइ छ । सरस्वती आधारभूत विद्यालयमा ४० विद्यार्थी अध्ययनरत छन् ।‘पहिरोले भवन चर्केकाले तीन ओटा कोठामा बस्नै नमिल्ने भएको छ ।, जोखिम भएकाले त्यहाँ विद्यार्थीलाई राख्दैनौँ’, शिक्षक विष्टले भन्नुभयो , एउटै कोठामा दुई ओटा कक्षाका विद्यार्थी राखेर पठनपाठन गराउन बाध्य छौँ ।’
भीमदत्त नगरपालिका वडा नम्बर ९ का अध्यक्ष गगनसिंह कार्कीले विद्यालयमा प्राविधिक टोली लगेर क्षतिको विवरण संकलिन गरी नगरपालिकामा पेश गरिएकोले क्षति भएको विद्यालय भवन निर्माण तथा मर्मत कार्य यथासक्य चाडो गरिने बताउनु भयो ।
०६३ सालमा स्थापना भएको सो विद्यालयमा स्थायी दरबन्दीका दुई, बालविकासका एक र निजी स्रोतका एक गरेर चार जना शिक्षक कार्यरत छन् । निजी स्रोतका शिक्षकलाई गत वर्षको पुसदेखि तलब पनि खुवाउन नसकिएको प्रधानाध्यापक जोशीले दुखेसो गर्नु भयो ।
लिली कुँवर
सम्बन्धित समाचारहरू
क्षतिग्रस्त पुलको मर्मत नहुँदा दुई जिल्लाका स्थानीयलाई सास्ती, विद्यार्थीको पठनपाठन प्रभावित
अछाम र दैलेख जिल्ला जोडने कर्णाली नदीमा निर्माण गरिएकोे पुरानो झोलुङ्गे पुलमा खच्चडहरु गइरहेको बेलामा ६ महिनाअघि लठ्ठा चुडिँयो । पुल निर्माणको बहस स्थानीयदेखि संसदसम्मै पुग्यो । तर, जेठमा लठ्ठा…
विद्यालयमा डेस्क बेन्च र शौचालयको अभाव हुँदा पठन पाठनमा समस्या
जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थास्थित श्री गायत्री प्रज्ञापिठ गुरुकुलमा भौतिक पूर्वाधारका समाग्री तथा डेस्क बेन्चको अभाव हुँदा विद्यार्थीहरू भुईमा बसेर पढ्न बाध्य भएका छन् । २०७६ सालमा स्थापना भएको श्री गायत्री प्रज्ञापिठ…
कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
सिमकोट गाउँपालिका–२ घर भई नेपाली कांग्रेस पार्टीका वडा सभापति ३६ वर्षीय गोर्ख बोहरालाई कुटपिट गरेको भन्दै सिमकोट गाउँपालिका–१ का वडा सदस्य ३८ वर्षीया पेमा लामा र सोही ठाउँकी २३ वर्षीया…
विद्यालयमा शौचालय अभाव हुँदा पठनपाठन प्रभावित
चौकुने गाउँपालिका–५, रेक्चास्थित जनकल्याण आधारभुत विद्यालयमा शौचालय र कक्षाकोठाको अभाव हुँदा पठनपाठन प्रभावित भएको छ । विद्यालयमा शौचालय नभएपछि विद्यार्थीहरू शौचालय प्रयोग गर्न घरमा जानुपर्ने बाध्यता छ । विद्यालयमा खानेपानी…
मानव अधिकार दिवसको अवसरमा कारागार अनुगमन र शैक्षिक सामग्री सहयोग
७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा तनहुँका मानव अधिकारसँग सम्बन्धित सङ्घ संस्थाको समन्वयमा मङ्सिर २५ गते तनहुँ जिल्ला कारागारको अनुगमन तथा कारागारमा अभिभावकसँग आश्रित बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो…