पहिरोले एक सातादेखि बुद्धसिंह मार्ग अवरुद्ध हुँदा सर्वसाधरण मारमा
बुद्धसिंह मार्गस्थित बन्दीपुर गाउँपालिका–६ ढापमा पहिरो जाँदा उक्त मार्ग एक सातादेखि पूर्ण रूपमा अवरुद्ध छ । गत साता गएको पहिरोले उक्त मार्ग पुर्णरुपमा अवरुद्ध हुँदा सर्वसाधरण मारमा परेका छन् ।
उक्त मार्गको ढापसहित अन्य स्थानमा पनि पहिरो गएको स्थानीय सेतीगङ्गा आधारभुत विद्यालयका प्रधानाध्यापक सिद्धान्त गर्जामगरले बताउनु भयो । पहिरोले सवारीसाधन सञ्चालन नहुँदा बन्दिपुर गाउँपालिकाको वडा नम्बर ६ को खहरे, देवघाट गाउँपालिका र आबुँखैरेनी गाउँपालिकाका केही वडाका सर्वसाधरण मारमा परेको गर्जामगरले बताउनु भयो । उहाँले यो मार्ग बन्द हुँदा यहाँका सर्वसाधारण स्वास्थ्य र शिक्षाको अधिकारबाट वञ्चितसमेत भएका छन् ।
‘एक सातादेखि बाटो अवरुद्ध भएर सवारीसाधन सञ्चालन नहुँदा यस भेगका सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ ।’-गर्जामगरले भन्नु भयो-‘पहिरोको समस्या हरेक वर्ष वर्षातको समयमा हुन्छ ।’
पहिरोको कारण यातयात सञ्चालन नहुँदा बिरामी परेका व्यक्तिहरू, ज्येष्ठ नागरिक र बालबालिका मारमा परेको उहाँले बताउनु भयो । पहिरोले विद्यालय जाने बालबालिकाहरु पनि मारेमा परेका छन् ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेको आरोपमा तीन जना गिरफ्तार
वरिष्ठ अधिवक्ता डा. दिनेशकुमार त्रिपाठीलाई कुटपिट गरेकको आरोपमा झापाको बुद्धशान्ति गाउँपालिका-४ घर भई काठमाडौँ महानगरपालिका-३२ शान्तिनगर बस्ने ५५ वर्षीया सीतादेवी राईलाई माघ ७ गते गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले…
गाउँ टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण, लाभग्राही खुशी
सामाजिक सुरक्षा भत्ता लिनकै लागि गाडी चढेर बैङ्कसम्म पुग्नुपर्ने झण्झट रहेकोमा गाउँ टोलबाटै भत्ता बुझ्न पाएपछि लाभग्राही खुशी भएका छन् । पाल्पाको बगनासकाली गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण र स्वास्थ्य…
बर्दियामा विषादीको प्रयोगले बढ्दै क्यान्सर रोगका बिरामी
बर्दियामा क्यान्सर रोगका बिमारीको सङ्ख्या बढ्दै गएको पाइएको छ । प्रत्येक वर्ष स्थानीय तहबाट क्यान्सर रोगको उपचारका लागि सिफारिस लिनेको सङ्ख्या तुलनात्मक रुपमा थपिँदै गएपछि जिल्लामा क्यान्सर रोगका विरामीको सङ्ख्या…
एक वर्षदेखि पशुसेवा केन्द्र बन्द, सेवाग्राही मर्कामा
तिला गाउँपालिकाको मालिकाठाटा र घोडेमहादेव वडा नम्बर ६, ८ र ९ मा एक वर्षदेखि पशुसेवा केन्द्र बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । यहाँका स्थानीय नागरिकको प्रमुख पेशा नै पशुपालन…
जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य
जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य भएका छन् । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको जिल्लाका गाउँ बस्तिका अधिकांश महिलाहरू बिच बाटोमै बच्चा जन्माउन बाध्य भएका हुन्…