पहिरोले अस्थायी टहरा पुरिँदा तीन जानको मृत्यु

  ०८१ भदौ ४ गते

भूकम्पपछि घरवारविहिन भएका जनता अस्थायी आवासमा सुरक्षित बस्न बनाएका टहरा पहिरोले बगाउँदा तीन जानको मृत्यु भएको छ । अविरल वर्षापछि आएको पहिरोले नलगाड नरपालिका–२, डाँडागाउँमा आएको पहिरोले अस्थायी टहरा पुरिँदा एकै घरका तीन जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कर्यालयका डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार अस्थायी टहरामा पुरिएर मृत्यु हुनेमा नलगाड नरपालिका–२, डाँडागाउँका ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीय मनिशा परियार, दुई वर्षीय शिभम परियारको मृत्यु भएको थियो ।

Photo20082024Jajarkot1

भूकम्पछि घरविहिन भएका जनताले गर्मी, चिसो मौसममा ज्यान बचाए पनि मनसुनजन्य घटनाबाट बच्न रातभर जाग्राम बस्ने गरेका छन् । भेरी नगरपालिका, नलगाड नगरपालिका, बारेकोट गाँउपालिकामा कुशे गाँउपालिकामा गत वर्ष कात्तिक १७ गते मध्यरातको भूकम्पले बिचल्लीमा परेपछि सरकारले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापत दिएको २५ हजार, दोस्रो किस्ता आएपछि दिने सर्तमा साहुबाट कर्जा लिएर निर्माण गरी बसोबास गरेका टहरा बाढीपहिरोले बगाउँदा समस्यामा परेका छन् । भिरालो जमिन भुकम्पले चिराचिरा परेपछि अविरल वर्षा हुँदा भूकम्प प्रभावित क्षेत्रका जनतालाई दिनरात एकै हुने गरेको छ ।

नगाड नगरपलिका–२ का स्थानीय लब वलीका अनुसार भूकम्पले घरविहिन भएका सर्वसाधारणले पुरानो घाउ बिर्सिन नपाउँदै गाउँ नै शोक मग्न हुने गरी घटना घटेको बताउनु भयो । चिसोमा त्रिपाल, गर्मीमा टिनका जस्तापाताको छानो निर्माण गर्दा लागेको ऋण तिर्न नपाउँदै वर्षाका कारण पहिरो आएपछि ज्यान गुमाउनु परेको छ । अस्थायी टहरा पहिरोले पुरिएर मृत्यु भएको भन्ने सुचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय, दल्ली र जिल्ला प्रहरी कार्यालयबाट सूचना अधिकारी माधव विश्वकर्माको कमाण्डमा घटना स्थल पुगेको प्रहरी टोली र स्थानीय जनताले पहिरोले पुरिएका तीन जनको शव निकालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीपहिरोको उच्च जोखिम रहेको जाजरकोटका सात ओटै स्थानीय तहमा जनतालाई ज्यान जोगाउन मुस्किल भएको छ । ठाँउठाँउमा पहिरो खस्न थालेपछि अस्थायी आवासमा बसेका सर्वसाधारण घर बाहिर आउन पनि डराउने गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार जाजरकोट जिल्ला बाढीपहिरोको उच्च जोखिममा रहेको छ । गत वर्षको भूकम्पले जमिन चिराचिरा पारेपछि जोखिम बढेको उहाँले बताउनु भयो । बर्खाको समय अविरल बर्षा हुदै गएकाले सर्वसाधारण स्वयम सचेत हुनुपर्ने उहाँको भनाइ छ । प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले मौसमजन्य घटनाबाट हालसम्म चार जना, बाढीबाट एक जना, बाढीमा परी एक जना बेपत्ता भएको जानकारी दिनुभयो ।

Photo20082024Jajarkot


बासुदेव शर्मा