पहिरोको जोखिम मोल्दै विद्यालय जान बाध्य बालबालिका
निरन्तरको वर्षा र केही दिनदेखिको पहिरो र बाढी समेत आउन थालेपछि पनि विद्यालयहरूले कक्षा सञ्चालन गरिरहँदा विद्यार्थीहरूले जोखिम मोलेर विद्यालय जान बाध्य भएका छन् ।
धादिङबेसीबाट दार्खा पुग्ने बाटो किन्ताङफेदीमा पहिरोले एक हप्ता अघिदेखि बाटो बन्द भएपछि सवारी साधन उत्तरतर्फ जान पाएको छैन ।
नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ बोराङको मङ्गला देवी मावि अध्यायनरत बालबालिका पहिरो पार गरेर विद्यालय आउँदा जाँदा जोखिम मोलिरहेका छन् ।
नियमित पहिरो आइरहेको भए पनि विद्यालय नियमित सञ्चालन भएकोले अभिभावक आफैँले बालबालिका बोकेर विद्यालय ल्याउने गरेको विद्यालयका शिक्षक सरस्वती अधिकारीले बताउनु भयो ।
पहिरो पार गरेर हरेक दिन २० जना विद्यार्थी विद्यालयसम्म आउनुपर्ने भएकोले उनिहरू जोखिम मोलेर पढाइलाई निरन्तरा दिइरहेका छन् ।
किन्ताङफेदी बजार पारगरेपछि खोलाछेउ माथिबाट आएको पहिरोले मानिस हिड्न समेत नमिल्ने गरि पहिरोले क्षतिग्रस्त बनाएको छ । तल आँखुखोला छ भने माथिबाट पहिरो आएकोले मानिसहरूलाई समस्या पारेको छ । पहाड फोरेर सडक उत्तर धादिङ लगिएकोले यस क्षेत्रबाट खनियाबास गाउँपालिका, रुबभ्यिाली गाउँपालिका क्षेत्रको सडक सम्पर्क टुटेकोले सो क्षेत्रका मानिसले वर्ष सुरुभएपछि खाद्यन्य लगायतका सामग्रीको अभावसँगै यातायातको असुविधा भोगिरहेको रुबीभ्यालीका बिजय तामाङले बताउनुभयो ।
किन्ताङफेदीमात्र केराबारी क्षेत्रमा पहिरो गएपछि स्वास्थ्य चौकीसम्म आउन समेत मानिसलाई समस्या परेको स्थानीय स्वास्थ्यकर्मी पवित्रा तामाङले बताउनुुभयो ।
वर्षा सुरुभएपछि ठाउँ ठाउँमा पहिरो लड्ने र खोलाहरूमा बाढी आउन थालेपछि पुल नभएका कारण उत्तर धादिङको सम्पर्क टुट्ने गरेको छ ।
बिरामी र विद्यालय जाने विद्यार्थीहरूले नियमित रुपमा यस क्षेत्रमा वषैँदेखि पाउँदै आएका छन् ।
मानिससमेत आवतजावत बन्द हुनेगरि बाटो पहिरोका कारण अवरुद्ध भएको एक महिना भईसक्दा पनि स्थानीय सरकारले बेवास्ता गरेको अभिभावक बलबहादुर तामाङ बताउनुहुन्छ ।
सीताराम अधिकारी
सम्बन्धित समाचारहरू
केवलकार निर्माण विवाद : प्रहरीको गोली प्रहारबाट एक जना घाइते, आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते
पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केवलकार निर्माण विवादका क्रममा प्रहरीको गोली प्रहारबाट एक जना र आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते भएका छन् । केलवकार निर्माण गर्न नदिने पक्षले ०८१ माघ १२…
बलात्कार प्रयास घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-८ का ४१ वर्षीय पदमबहादुर तामाङविरुद्ध माघ ११ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
३० वर्षीया महिलालाई माघ ९ गते बलात्कार गरेको आरोपमा कालिञ्चोक गाउँपालिका-६ स्थायी घर भई भीमेश्वर नगरपालिका-६ बस्ने २८ वर्षीय मनिकुमार थामीविरुद्ध माघ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भयो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मेलम्ची नपा-८ का २८ वर्षीय फुलमान गोलेलाई माघ १२ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत असार ४ गते बलात्कार गरेको…
परीक्षाको मुखमा विज्ञान शिक्षक नहुँदा विद्यार्थी पढाइबाट वञ्चित
गुल्मीमा अङ्ग्रेजी, विज्ञान र गणित विषय अध्यापन गराउने शिक्षकहरू पाउँनै मुस्किल हुन थालेको छ । सदरमुकाम तम्घास र छिमेकमा समेत मुख्य बिषयमा शिक्षकको सङ्कट रहेको छ । जसको कारण परीक्षाको…