पहिरोको उच्च जोखिममा दलित बस्ती, खानेपानीका मुहान र ट्याङ्की बगाउँदा आकाशको पानी पिउनुपर्ने बाध्यता
गुल्मीको मालिका गाउँपालिका–२ दर्लिङ्ग कोशिलाबाँझका दलित समूदाय रहेको बस्ती पहिरोको उच्च जोखिममा रहेका छन् । पहिरोले खानेपानीको मुहान र ट्याङ्की बगाउँदा आकाशको पानी पिउन बाध्य भएका छन् ।
०७२ सालको भुकम्पपछि सिङ्गो गाउँनै चर्किने र भासिने भएको छ । वर्षेनी वर्षातमा पहिरोको समस्या बल्झिने गरेको छ । ०७८ भदौ २ गतेबाट पहिरोका कारण स्थानीय नागरिक विस्थापित हुने क्रम चलिरहदा घर छाडनेहरू छिमेकीका घरगोठ र स्कुलहरूमा बस्ने गरेका छन् ।
विस्थापित मध्येका यमबहादुर विकले घर फर्किने टुङो नभएको बताउनु भयो । उहाँले केही दिन अघिको पानीले घर माथि पहिरो खसेपछि गाउँ छोडनु भएको हो । सोही गाउँका दुर्गाबहादुर विकले पनि पहिरोकै कारण घर छाडेको थुप्रै भयो ।
अहिले विकको परिवार छिमेकीको गोठमा ओत लागेका छन् । पानी परिरहेको र घरमा बस्न सक्ने अवस्था नभएकाले घर फर्कने कुनै सम्भावना नभएको विकको भनाई छ । गाउँमा करिव ३५ घर परिवार दलित छन् । उनीहरू पहिरोको जोखिममा परेको वर्षौ भयो ।
पहिरोले १२ भन्दा बढी घर परिवार एक हप्तादेखि विस्थापित भएका छन् भने कोशिलाबाँझका सबै घर परिवार पहिरोको उच्च जोखिमा रहेको स्थानीय अगुवा रबिन्द्र विश्वकर्माले जानकारी दिनु भयो ।
पहिरोले गाउँका पानीका मुहान र ट्याङ्की बगाउँदा स्थानीयहरू आकाशको पानी पिउन बाध्य छन् । गाउँमा पहिरोले सडक बगाउँदा एम्बुलेन्स पुग्ने समेत अवस्था नभएको विश्वकर्माले बताउनुभयो । उहाँले विगतमा कुनै पनि सरकारको ध्यान नपुग्दा आफुहरू सधै पछाडी परेको गुनासो गर्नुभयो । ̎भुगोल नै अप्ठ्यारो छ । गाउँमा हिउँदमा खानेपानी पाइदैन । वर्षातमा पहिरोले सताउछ ।” उहाँले भन्नु भयो ।
मालिका गाउँपालिका प्रमुख रितबहादुर थापाले बस्ती स्थान्तरणको काम आफुहरूले मात्रै चाहेर नहुने बताउनु भयो ।
गाउँपालिका मार्फत भुर्गविद्हरू बोलाएर कोशिलाबाँझ र सिर्लिङमा बस्तीहरुको अध्ययन गराएको भएपनि भुर्गभविदहरूले नै बस्ती स्थान्तरण गर्न नपर्ने सुझाव दिएको थापाले बताउनु भयो । सामान्य क्षय हुने बाहेक ठुलो पहिरो नजाने बताएपछि आफुहरू अन्यौलमा परेको उहाँले बताउनु भयो । खानेपानी र सडक समस्या भने पानी रोकिने बित्तिकै समाधान गर्ने थापाले बताउनु भयो ।
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले गरेको अध्ययन अनुसार २०७२ को भूकम्पबाट अति प्रभावित र प्रभावित २५ जिल्लाका २ सय ९९ वटा बस्ती अति जोखिममा छन् । भुगर्भविद्ले गुल्मी जिल्लाका ११ वटा वस्तीको भौगर्भिक अध्ययन गरेका थिए । त्यो मध्ये जिल्लाका चार स्थानीय तहका पाँच वटा बस्ती स्थानान्तरणमा परेका छन् । भुगर्भविद्ले मालिका गाउँपालिका, धुर्कोट र गुल्मी दरवार गाउँपालिकाका एक÷एक र मदाने गाउँपालिकाका दुई बस्ती स्थान्तरण गर्नुपर्ने सुझाव दिएका छन् ।
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणद्वारा मदाने र धुर्कोटमा बस्ती स्थान्तरणको काम भएको छ । तर, मालिका २ को दर्लिङ स्थित कोशिलाबाँझमा केही काम भएको छैन् । पुर्ननिर्माणको काम गरिरहेको जिल्ला आयोजना कार्यान्वय इकाइ प्रमुख यज्ञ रिजालले कोशिलाबाँझ स्थान्तरणको सुचिमा परे पनि केन्द्रको प्राथमिकतामा नपरेको कारण काम नभएको हुन सक्ने बताउनु भयो । केन्द्रिय स्तरमा पहल भए अरू कुनै आयोजना मार्फत काम हुन सक्ने रिजालले सुझाव दिनु भयो ।
टोपलाल अर्याल
सम्बन्धित समाचारहरू
पुनः मतदान मागको रिटमा उच्च अदालत विराटनगरद्वारा अल्पकालीन आदेश जारी
वैशाख ३० गते मतदान भइरहेको अवस्थामा पानी परेका कारण स्थगित भएको त्रियुगा नगरपालिका–१२ जनप्रेमी आधारभूत विद्यालय मतदान केन्द्रमा स्थगित निर्वाचन पुनः नगराउन उच्च अदालत विराटनगरले जेठ ५ गते अल्पकालीन आदेश…
झडपमा घाइते भएका शाहीको उपचारका क्रममा मृत्यु
खार्पुनाथ गाउँपालिकाको मतगणना स्थलको झडपमा घाइते भएका सोही गाउँपालिका–५ याङ्चुका ६१ वर्षीय छत्त शाहीको उपचारका क्रममा जेठ ४ गते मृत्यु भएको मृतकका छोरा सागर शाहीले जनकारी दिनु भएको छ ।…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ५ गते)
जेठ ५ गते १२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ५ सय ८०…
क्षिरेश्वरनाथ नगरपालिकाको मतगणना स्थगित
क्षिरेश्वरनाथ नगरपालिकाको जारी मतगणना विवादका कारण जेठ ३ गतेदेखि स्थगित गरिएको छ । जेठ ३ गतेदेखि अनिश्चित समयका लागि स्थगित गरिएको मतगणना जेठ ५ गतेसम्म सुरु हुन सकेको छैन ।…
कमलामाई नगरपालिका वर्डा नं. १३ मा मतपत्र बढि भेटिएपछि गणना स्थगित
कमलामाई नगरपालिका–१३ को प्रभात माध्यमिक विद्यालय रानीबासमा मुचुल्का भन्दा बढी मतपत्र भेटिएपछि ०७८ जेठ ५ गते बिहानदेखि मतगणना स्थगित भएको छ । वैशाख ३० गते भएको मतदानमा १ हजार ७…