पहिरोका कारण प्यूठानका ६५ विद्यालय जोखिममा
वर्षातको समयमा ०७३ साउन १० र ११ गते आएको अविरल वर्षाका कारण प्यूठानका ६५ ओटा विद्यालय जोखिममा रहेको जिल्ला शिक्षा कार्यालय प्यूठानले जनाएको छ ।
जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार जिल्लाका ३ सय ८५ विद्यालयमध्ये नौ ओटा विद्यालय पूर्ण क्षति भएका छन् भने ५५ विद्यालय आशिंक क्षति भएका छन् । पहिरोका कारण विद्यालयका भवन चर्किनुका साथै भत्किएका छन् ।
खवाङ्, स्वालिवाङ, फोप्ली, रजवारा, अर्खा, पुजा, डामृ गाविसका १२ ओटा प्रावि, निमावि र माविमा पहिरोले क्षति पुर्याएको जिल्ला शिक्षा कार्यालय प्यूठानले जनाएको छ ।
पहिरोले खवाङ गाविस-९ काईयास्थित नेरा प्राविको नवनिर्मित भवन, खवाङ गाविसको भिमसेन प्रावि, रजवारा गाविसको नेरा प्रावि, पुजा गाविसको शिशु कल्याण प्रावि गैँडेचौर, शिशु कल्याण प्रावि डाँडापानी, स्याउलीवाङ गाविसको शिव मावि, सूर्य ज्योती प्रावि, शरिप्रकाश आधारभूत विद्यालयलगायतका विद्यालयको भौतिक संरचनामा पहिरोले क्षति पुर्याएको जिल्ला शिक्षा कार्यालय प्यूठानका विद्यालय निरिक्षक शिव पण्डितले बताए ।
विद्यालयमा पठनपाठन अवरुद्ध हुन नदिनको लागि विद्यालय क्षतिको विवरण सङ्कलन भइरहेको र विभिन्न निकायसँग छलफल भईरहेको जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद भट्टराईले बताए । उनका अनुसार यतिवेला वर्षको विदाका कारण विद्यालय बन्द भएपनि भदौ ५ गतेदेखि सञ्चालन गरिने भएकाले त्यतिञ्जेलसम्म वैकल्पिक उपाय अपनाउन नसके पठनपाठनमा समस्या हुन सक्छ ।
रविन्द्र पाण्डे
सम्बन्धित समाचारहरू
अस्पताल एम्बुलेन्स बिहिन हुदाँ बिरामी मर्कामा
बेनी नगरपालिका–१ रत्नेचौरका चन्द्र थापामगरले आफ्नी पत्नीलाई लिएर बेनी अस्पताल आउनु भएको थियो । उहाँकी पत्नीको अप्रेसन गरेर बच्चाको जन्म गराइयो । बच्चा जन्मदा सामान्य अवस्था रहे पनि पछि स्वासप्रश्वासमा…
जातीय विभेद घटनाका आरोपित विरूद्ध उजुरी
माछापुच्छ्रे गाउँपालिका– ५ का वडा सदस्य रामजी लामिछानेसहित चार जनाविरूद्ध नारायण परियारले चैत ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ । ब्रतबन्धको भोजमा जातीय विभेद गरेको आरोपमा परियारले वडासदस्य…
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्नेहरू पाँच दिनका लागि प्रहरी हिरासतमा
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध ०७९ चैत ७ गते काठमाडौँ महानगरपालिका-१० थापागाउँमा नाराबाजी गर्ने तीन जना युवालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन…
एसिड प्रहारको कसुरमा साढे १० वर्ष कैद
जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगर बस्ने पत्नी २८ वर्षीया आरती साहमाथि ०७७ साल कात्तिक २९ गते एसिड प्रहार गरेको कसुरमा जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठा बस्ने पीडितका पति ३६ वर्षीय संजिव साहलाई साढे १० वर्ष…
यौन दुर्व्यवहार कसुरमा १ वर्ष ४ महिना कैद
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा राजविराज नगरपालिका–९ गढियाका २३ वर्षीय धिरेन भनिने धिरेन्द्र सदालाई चैत ८ गते १ वर्ष ४ महिना कैद भएको छ । जिल्ला न्यायाधीश हेमन्त…