पहिचान पक्षधरद्वारा गाडीमा तोडफोड

  ०८० मङ्सिर १० गते

प्रदेश न.१ पुनः नामाङ्कन समितिका कार्यकर्ताले नेपाल कम्युनिष्ट पार्टी(नेकपा एमाले) का सचिव योगेश भट्टराई सवार गाडीमा मङ्सिर १० गते तोडफोड गरेको प्रहरीले जनाएको छ ।

सदरमुकाम फुङलिङमा पार्टीको कार्यक्रम सकेर पाँचथर जाने क्रममा ०८० मङ्सिर १० गते पहिचान पक्षधरले भट्टराई सवार प्रदेश २–०१००१ च ४० नम्वरको गाडी तोडफोड गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजन लिम्बूले बताउनु भयो ।

पहिचान पक्षधरहरुले फुङलिङ नगरपालिका–४ तोक्मेडाँडा बसपार्क नजिकै गाडी तोडफोड गरेको प्रहरीले जनाएको छ ।

तोडफोडबाट गाडीको अगाडिको भाग र सिसामा क्षति पुगेको प्रहरीले जनाएको छ ।

कोशी प्रदेश नामाकरणको विरोध गर्दै आएको प्रदेश न.१ पुनः नामाङ्कन समितिले एमालेका नेता तथा कार्यकर्तालाई कोशी प्रदेशमा सार्वजनिक कार्यक्रम नगर्न आग्रह गर्दै आएको छ ।


एलिना दियाली