पसलभित्र सकेट बम फेला परेपछि नगरबासी आतङ्कित

राजविराज नपा-७ गजेन्द्र चोकस्थित रोशन इम्पोरियममा फेला परेको सकेट बमलाई राजविराज नपा-२ स्थित श्री कृष्ण दल गणबाट गएको नेपाली सेनाको टोलीले वैशाख ४ गते निष्क्रृय पारेको छ ।

राष्ट्रिय बाणिज्य बैङ्क छेउमै रहेको रमेश शारडाको कपडा पसलमा सकेट बम फेला परेपछि व्यापारी तथा नगरबासी आतंकित बनेका छन् ।

तराईमा सशस्त्र सङ्घर्षरत जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले वैशाख ३ गते नै इमेलमार्फत केही पत्रकारहरूलाई बम राखेको जानकारी गराएपछि खोज्ने क्रममा राति सकेट बम फेला परेको थियो । बमको आङ्तकले शारडासहित चोकका अधिकांश पसलहरू बन्द रहेका छन् ।


मनोहरकुमार पोखरेल