पशुपति चौलागाई स्मृति अस्पतालमा शल्यक्रिया सेवा बन्द, बिरामी मर्कामा
जिल्ला सरदमुकाम चरिकोटमा रहेको पशुपति चौलागाईं स्मृति प्रादेशिक अस्पतालमा शल्यक्रिया हुने विशेषज्ञ सेवा बन्द भएको छ ।
जिल्लाको सदरमुकाम चरिकोटमा रहेको ५० वेड क्षमताको अस्पतालमा साउन १ गतेबाट शल्यक्रिया सेवा बन्द भएको हो ।
चिकित्सकको करार अवधि थप नभएपछि शल्यक्रिया सेवा बन्द भएको अस्पतालका सूचना अधिकारी शान्तिप्रसाद न्यौपानेले बताउनुभयो ।
कन्सल्टेन्सी मार्फत एक जना विशेषज्ञ चिकित्सक राखेको अस्पतालले खर्च धान्न नसकिने भन्दै करार नविकरण नगरेपछि शल्यक्रिया सेवा बन्द भएको हो ।
अस्पतालले हाल निःशुल्क सेवा दिइरहेको मातृशिशु कार्यक्रमको अप्रेसन मार्फत गरिने प्रसूति सेवा, हर्निया, एपेन्डिसाइड लगायतका सबै शल्यक्रिया बन्द भएको अस्पतालले जनाएको छ ।
७२ जना कर्मचारी कार्यरत अस्पतालले सबै सेवा निःशुल्क दिँदै आएको छ ।
अस्पतालमा कार्यरत ६३ जना कर्मचारीलाई आर्थिक वर्ष ०७९/०८० को लागि करार सेवा नवीकरण नगर्न वाग्मती प्रदेशअन्तर्गत स्वास्थ्य मन्त्रालयले पत्र पठाएको छ ।
सबै सेवा निःशुल्क दिँदै आएको अस्पतालमा भर्ना हुने बिरामी र कुरुवाका लागि खानासमेत दिने गरिएको छ ।
तर आर्थिक संकटमा अस्पताल परेपछि यी सेवा पनि कुनै बेला बन्द हुने अवस्थामा पुगेको अस्पतालले जनाएको छ ।
निशुल्क सेवा प्रदान गर्दै आएको अस्पतालमा दैनिक २ सय देखी ३ सय जना बिरामी उपचार गर्न आउने गरेका छन् ।
यस अस्पतालमा आउने जिल्लाका सेवाग्राहीले अब धुलिखेल वा काठमाडौँका अस्पताल धाउनु पर्ने बाध्यता भएको छ ।
उद्धव पोखरेल
सम्बन्धित समाचारहरू
आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ – कानुन मन्त्री गाहा मगर
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले माघ २० गते पोखरामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी प्रदेश सरकारको दायित्व र भूमिका’ विषयक कार्याशाला गोष्ठी सम्पन्न गरेको छ ।…
सासूमाथि अमानवीय व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी ५३ वर्षीया सासुू जयसरा न्यौपानेलाई अपमानजक र अमानवीय व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत, अछामले माघ १९ गते बुहारीद्धय ३५ वर्षीया धर्मा न्यौपाने र ३० वर्षीया…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा साँफेबगर नगरपालिका–११ बाब्लाका ३८ वर्षीय देवेन्द्रबहादुर कुँवरलाई जिल्ला अदालत, अछामले १३ वर्ष कैद र पाँच लाखको क्षतिपुर्तिको फैसला माघ १९ गरेको छ । जिल्ला…
दलित लक्षित अभिव्यक्ति दिएको घटनाका आरोपितलाई कारबाहीको माग
सिंजा गाउँपालिका–२ घोडेङ्गका ४० वर्षीय गौरीलाल जैशीले माघ १६ गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमार्फत् दलित समुदाय लक्षित विभेदपूर्ण भाषा प्रयोग गरी दुव्र्यवहार गरेको आरोपमा कारवाहीको माग गरिएको छ । उहाँले…
बलात्कार कसुरमा ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला
बालिका बलात्कारको कसुरमा जिल्ला अदालतले भानु – १० का ७३ वर्षिय ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको ०७९ माघ १८ गतेको इजलासले बालिका बलात्कारको अभियोग दावी पुग्ने…