पर्सामा ६३ मतदानस्थल अति संवेदनशील, १० मतदान केन्द्र थपिए
जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका ६३ ओटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि समितिले १ सय ६७ मतदानस्थलमध्ये ६३ ओटालाई अति संवेदनशील सूचीमा राखेको हो ।
विगतमा भएका निर्वाचन र स्थानीय तहको पछिल्लो निर्वाचनलाई समीक्षा गर्दै पर्साका १ सय ६७ ओटा मतदानस्थलमध्ये समितिले ६३ ओटा मतदानस्थललाई अति संवेदनशील, ८५ ओटा मतदानस्थललाई संवेदनशील र १९ ओटा मतदानस्थललाई सामान्य सूचीमा राखेको छ ।
स्थानीय तहको निर्वाचनमा जिल्लामा भएका राजनीतिक गतिविधि, भौगोलिक स्थिति, सञ्चार र सडकको सुलभताको अवस्थालाई आधार बनाएर वर्गीकरण गरिएको सशस्त्र प्रहरी १३ नं. गणका प्रमुख सशस्त्र प्रहरीका एसपी तेजप्रसाद पोख्रेलले बताउनु भयो ।
पोख्रेलले निर्वाचनमा जिल्लाको शान्ति सुरक्षामा कुनै कमी हुन नदिने बताउनु भयो । निर्वाचनका लागि जिल्लामा १ सय ६२ मतदानस्थलमा १ सय ४८ केन्द्र तोकिएका छन् ।
यसभन्दा अगाडिका निर्वाचनमा ४ सय २ मतदान केन्द्र मात्र रहेकोमा यस पटक १० ओटा मतदान केन्द्र थप गरिएको पोख्रेलले जानकारी दिनु भयो ।
निर्वाचन आयोगसहित सुरक्षा निकाय र राजनीतिक दलहरूको समेत सुझावका अधारमा मतदान केन्द्र थप भएको उहाँले बताउनु भयो ।
कृष्णचन्द्र लामिछाने
सम्बन्धित समाचारहरू
निर्माणाधिन भवन सञ्चालनमा नल्याउदा विद्यार्थीहरु खोला किनारमा पढ्न बाध्य
०७७ कात्तिक ४ गते आएको बाढीले बगाएको विद्यालय भवन पुनर्निर्माण भइसक्दा समेत सञ्चालनमा नल्याउँदा पञ्चेश्वर गाउँपालिका–१ को गडदेव आधारभूत विद्यालयका विद्यार्थीहरु खोलाको किनारमा खुला आकाशमूनि पढ्न बाध्य भएका छन् ।…
कारागारबाट फरार बन्दी गिरफ्तार
मानव बेचबिखनको आरोपमा पुर्पक्षका लागि थुनामा रहेको बेलामा कारागारबाट भागेकी जुगल गाउँपालिका-५ स्थित बराम्ची स्थायी घर भएकी २५ वर्षीया कविता घिमिरेलाई प्रहरीले ०७९ माघ २४ गते काठमाडौँको जडिबुडिबाट गिरफ्तार गरेको छ ।…
न्याय सम्पादनमा ढिलाईका कारण २९ वर्ष सम्मका आरोपित बालसुधार गृहमा बस्न बाध्य
बाँके जिल्ला जिल्लाको जयन्दु बाल सुधार गृहमा रहेका बालबालिकाहरूको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएका कारण २९ वर्ष सम्मका आरोपितहरू बाल सुधार गृहमा बस्न बाध्य छन् । जसका कारण बाल सुधार…
जनप्रतिनिधिले कुटपिट गरेको पीडितको आरोप
चौदण्डीगढी नगरपालिका-९ का २८ वर्षीय राकेश हुजदारलाई वडाध्यक्ष ४३ वर्षीय प्रकाश राउतले माघ २४ गते कुटपिट गरी दायाँ हात भाँचिदिएको आरोप पीडितले लगाउनु भएको छ । चौदण्डीगढी नगरपालिका-९ पश्चिम ज्यामिरेस्थित…
दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित
सिन्धुली अस्पतालमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवाग्राहीले पाउने पर्ने सेवा प्रभावित भएको छ । अस्पतालमा करिव दुई महिना देखि भिडियो एक्सरे सेवा बन्द भएको छ । जसका कारण सेवा…