पर्वत कारागारका बन्दीद्वारा झुण्डिएर आत्महत्या

  ०७८ असोज २६ गते

पर्वत कारागारका बन्दीले झुण्डिएर आत्महत्या गरेका छन् । फलेवास नगरपालिका –७ लिमिठानाका ५९ वर्षीय दुर्गाराज पाण्डेले असोज २६ गते बिहान ६ बजेको समयमा कारागार प्रशासन भित्रै रहेको आइसोलेशन भवनमा झुण्डिएर आत्महत्या गरेको कारागारका नाइके शुशिल क्षेत्रीले जानकारी दिनुभएको छ ।

मृतकले ०७८ वैशाख २ गते सात बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पर्वत जिल्ला अदालतको आदेशले वैशाख २३ गते देखि पुर्पक्षका लागि थुनामा थिए ।

उनी केही दिन देखि परिवारजनले भेट्न नआएको भन्दै नैराश्यता व्यक्त गर्दै आएको नाइके क्षेत्रीले बताउनुभएको थियो ।

उनलाई असोज २२ गते सामान्य रूघाखोकी पश्चात पर्वत अस्पतालमा स्वास्थ्य परीक्षणपनि गरिएको कारागार प्रशासनले जनाएको छ ।

शवको पोष्मार्टम प्रहरी, मानव अधिकारकर्मी, प्रशासन जनप्रतिनिधि र परिवारजनको उपस्थितिमा असोज २६ गते जिल्ला अस्पताल पर्वतमा गरी सोही दिन परिवारजनलाई शव बुझाइएको सहायक प्रमुख जिल्ला अधिकारी विमल गौतमले जानकारी दिनुभयो ।


सन्तोष थापा