पर्वत अस्पतालमा सुत्केरी भत्ता उधारो !
फलेवास नगरपालिका–९ भङ्गराकी २१ वर्षीया सन्तोषी केसी जिल्ला स्वास्थ्य कार्यालय पर्वतमा सुत्केरी भइन् ।
उनले ३ केजी तौल भएको छोरालाई अस्पतालकै डाक्टर र नर्सहरूको सहयोगमा जन्म दिइन् । बच्चा जन्मिएपछि जन्म प्रमाणपत्र तत्कालै पाइन् तर राज्यले तोकेका सुविधा सुत्केरी भत्ता र यातयात भाडा भने उनले पाइनन् ।
सन्तोषी मात्रै होइन जिल्ला अस्पताल पर्वतमा गत मङ्सिरदेखि प्रसूति भएका महिलाहरूले भत्ता र यातयात भाडा स्वरूपको रकम पाएका छैनन् ।
नेपाल सरकारले राज्य मातहतका स्वास्थ्य संस्थामा सुत्केरी भएबापत भत्ता स्वरूप २ हजार रुपियाँ र नियमित चेकजाँच गराएकालाई थप ८ सय रुपियाँ गरी २ हजारदेखि २ हजार ८ सय रुपियाँसम्म सुत्केरी भत्ता र आवातजावत बापतको भाडा पाउने व्यवस्था गरेपनि पर्वत जिल्ला अस्पतालले पर्याप्त रकम नभएको भन्दै सुत्केरीलाई रित्तोहात फर्काउने गरेको छ ।
जिल्ला अस्पताल पर्वतले गत मङ्सिर महिनादेखि अस्पतालमा भएका सुत्केरीलाई भत्ता दिन नसकेको हो । अस्पताल प्रशासनले आमा सुरक्षा कार्यक्रमका लागि यसअघि भित्रिएको रकम वितरण भइसकेको र नयाँ रकम निकासा नभएको भन्दै सुत्केरी भत्ता दिन नसकेको जनाएको छ ।
कुश्मा नगरपालिका अन्तर्गत रहेको जिल्ला अस्पतालमा गत कात्तिक महिनासम्म नगरपालिकामार्फत रकम भित्रिएको र गण्डकी प्रदेश मातहतमा जिल्ला अस्पताल गाभिएपछि उक्त रकम विनियोजन नभएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय पर्वतकी प्रमुख डाक्टर सन्तोषी थपलियाका अनुसार गण्डकी प्रदेश सरकारसँग माग गरिएको र अख्तियारी नआइसकेकोले सुत्केरी भत्ता प्रदान गर्न नसकिएको हो ।
‘प्रदेश अन्तर्गत सञ्चालनमा आउन सुरू भएपछि रकम निकासा नहुँदा अस्पताल र स्वास्थ्य कार्यालयका प्रशासनिक कार्य समेत प्रभावित बनेका छन् ।’–उनले भनिन् ।
जिल्ला अस्पताल पर्वतमा कार्यरत इन्डोर इञ्चार्ज सरस्वती बरालका अनुसार साउन महिनादेखि हालसम्म जिल्ला अस्पतालमा पर्वतमा मात्रै २ सय ७५ जना सुत्केरी भएका छन् ।
कात्तिकसम्म नगरपालिकाबाट प्राप्त रकम ४ लाख ५० हजार रुपियाँ सुत्केरी भत्ता र यातयात भाडाका रूपमा वितरण गरिसकिएको बताउँदै त्यसपछिका सुत्केरी महिलाहरूलाई रकम अभावमा नै भत्ता र यातयात भाडा प्रदान गर्न नसकिएको स्वीकार गरिन् ।
पर्वतमा एक जिल्ला अस्पताल सहित ५२ स्वास्थ्य चौकी र दुई प्राथमिक स्वास्थ्य केन्द्र छन् । जिल्ला अस्पतालमा यो समस्या आएपनि अन्यत्रका बर्थिङ सेण्टरहरूमा भने खासै समस्या नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ ।
सन्तोष थापा
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…