७५ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँच बाहिर
पर्वतमा कुल जनसंख्याको ७५ प्रतिशत नागरिक स्वास्थ्य बिमा कार्यक्रमको पहुँच बाहिर रहेका छन् ।
स्वास्थ्य बिमा बोर्डको सम्पर्क शाखा कार्यालय पर्वतको जेठ २५ गतेसम्मको तथ्याङ्क अनुसार हालसम्म कुल ३२ हजार आठ सय ९७ जनाले स्वास्थ्य बिमा गरेर उपचारलाई सुलभ बनाएका छन् । जुन पर्वतको जनसंख्याको २५ प्रतिशत मात्र हो ।
सम्पर्क शाखा कार्यालय पर्वतकी संयोजक तथा जनस्वास्थ्य निरीक्षक टिका कुमारी श्रीसले जिल्लाका सातवटा स्थानीय तहहरूमध्ये सबैभन्दा बढी कुश्मा नगरपालिकाका २८ प्रतिशतले र सबैभन्दा कम महाशिला गाउँपालिकाका झन्डै १३ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँचमा रहेको बताउनुभयो ।
स्वास्थ्य बिमामा काम गर्दै आइरहेका फिल्डमा रहने तथा कार्यालयमा रहेर काम गर्ने कर्मचारीहरूका अनुसार जनताहरूलाई स्वास्थ्य बिमा कार्यक्रमको फाइदा र कार्यक्रमको नियमबारे आवश्यकता अनुसार सूचित गराउन नसक्दा बिमाप्रति आशातीत आकर्षण आइरहेको छैन ।
वडाहरूमा कार्यरत स्वास्थ्य बिमा दर्ता सहयोगीहरूलाई तालिमको अभावका कारण सेवाग्राहीहरूले बिमासम्बन्धी आवश्यक कुराहरू बुझ्न नसक्नु, सेवा प्रदायक अस्पतालबाट सहज रूपमा बिमाकर्ताहरुले (उपचार सेवा÷औषधी) नपाएको गुनासो गर्नु, जिल्लाका सम्पर्क शाखा कार्यालयहरूमा आवश्यक जनशक्ति नहुनु, वडाहरूमा कार्यरत स्वास्थ्य बिमा दर्ता सहयोगीहरूसङ्ग सम्पर्क गर्न कठिनाई हुनु लगायतका कारणले समस्या भइरहेको छ ।
‘अस्पतालमा आउने प्रत्येक नागरिकलाई हामी बिमाका बारेमा सचेत गराएका हुन्छौँ’ पर्वत अस्पतालका प्रमुख रुक्मिणा अधिकारीले भन्नुभयो ‘तर पनि नागरिकहरु त्यस तर्फ सचेत भएको पाइएको छैन’ उहाँले नागरिकलाई बिमा गराउनुपर्छ भन्ने सचेतना गाउँ सम्म पु¥याउन जरुरी रहेको बताउनुभयो ।
पर्वतको फलेवास नगरपालिका– ८ लिमिठानाका ५७ वर्षीय ऋषि भुसालले आफु अस्पतालमा आएपछि मात्रै बिमा गराएमा उपचारमा सहुलियत पाइने जानकारी पाएको बताउनुभयो । उहाँले गाउँ गाउँमा पुगेर बिमाका बारेमा सचेत नगराएसम्म सर्वसाधारणले यो प्रक्रिया थाहा पाउन नसक्ने बताउनुभयो ।
सन्तोष थापा
सम्बन्धित समाचारहरू
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…
दलित भएकै कारण वृद्धाश्रममा नराखेको आरोपमा सञ्चालक समिति अध्यक्ष गिरफ्तार
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) लाई दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोपमा प्रहरीले वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आर्चायलाई मङ्सिर २४…