पर्वतमा ६८ प्रतिशत दुषित खानेपानी वितरण, उपभोक्ताको स्वास्थ्यमा समस्या
स्वास्थ्य कार्यालय पर्वतले हालै गरेको एक अध्ययन अनुसार पर्वत जिल्लाभर ६८ प्रतिशत दुषित खानेपानी वितरण भएको पाइएको छ ।
कार्यालयले असार २८ गते एक कार्यक्रमको आयोजना गरी पर्वतका १ सय ५ ओटा खानेपानी मुहानको परीक्षण प्रतिवेदन सार्वजनिक गरेको हो ।
कार्यालयले दिएको जानकारी अनुसार कुश्मा नगरपालिकाका ३० ओटा खानेपानी आयोजना, फलेवास नगरपालिकाका १४ ओटा खानेपानी आयोजना, जलजला गाउँपालिकाका १६, मोदी गाउँपालिकाका ११, महाशिला गाउँपालिकाका नौ, विहादी गाउँपालिकाका १० र पैञ्यु गाउँपालिकाका १५ ओटा खानेपानी आयोजनाबाट उत्पादित तथा वितरित खानेपानी परीक्षण गरिएको हो ।
जेठको अन्तिम सातामा गरिएको परीक्षण अनुसार कुश्मा नगरपालिकाको ३० ओटा खानेपानी आयोजना मध्ये २० ओटा आयोजनाबाट उत्पादित खानेपानीमा तीन भन्दा बढी कोलिफर्म भेट्टिएको स्वास्थ्य कार्यालय पर्वतकी ल्याब टेक्निसियन मुना सापकोटाले जानकारी दिनु भयो ।
उहाँले मानिसको दिसामा भेटिने किटाणु (कोलिफर्म) युक्त खानेपानी पैञ्यु गाउँपालिका बाहेकका सबै स्थानीय तहमा देखिएको उहाँले जानकारी दिनु भयो ।
खानेपानीमा कोलिफर्म भेट्टिएपछि कुश्मा नगरपालिकाका उपभोक्ताले सातामा एक पटक खानेपानी परीक्षण गर्ने व्यवस्था मिलाउन स्थानीय तहसँग आग्रह गरेका छन् ।
शिवालय कुश्मा खानेपानी संस्थाका अध्यक्ष रवी श्रेष्ठले उपभोक्तालाई स्वच्छ खानेपानी वितरणका लागि समयसमयमा परीक्षण गर्नुपर्ने भएको र उपभोक्ता समितिसँग प्राविधिकसहितको उपकरणहरू नभएको हुँदा तत्काल व्यवस्था गर्न माग गर्नुभएको थियो ।
उहाँले कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीसँग ल्याबसहितको परीक्षणको व्यवस्था मिलाउन अनुरोध गर्नुभएको छ ।
पर्वत अस्पतालले पछिल्लो समय जिल्ला अस्पताललगायत अन्य स्थानीय तहका विभिन्न स्वास्थ्य संस्थाहरूमा झाडापखलाका बिरामीहरू उपचारका लागि आउन थालेको बताउनु भयो ।
उहाँले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पर्ने गरी दुषित खानेपानी वितरण भएकै कारण बिरामीको सङ्ख्या बढेको बताउनु भयो ।
सन्तोष थापा
सम्बन्धित समाचारहरू
नेपालकै पहिलो बालमैत्री नगरका ३३ जना बालबालिकामा कुपोषणको समस्या
बालमैत्री नगर घोषणाका लागि ०६६ देखि योजना तय गरी ०७३ वैशाख ३१ गते नेपालकै पहिलो बालमैत्री नगरका रूपमा घोषणा गरिएको विराटनगरमा ३३ जना बालबालिकामा कुपोषणको समस्या पाइएको छ । विराटनगर…
हत्या घटनाका आरोपितविरूद्ध उजुरी
यशोधरा गाउँपालिका– १ की २२ वर्षीया नसिमा खातुनको हत्या गरेको आरोपमा मृतकका माइती पक्षले मृतकका पति २६ वर्षीय प्रवेज आलम मुसलमान र सासु ४५ वर्षीया साजमा खातुनविरूद्ध असोज ४ गते …
हत्या घटनाका आरोपित गिरफ्तार
तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराको भगवती टोल बस्ने ४३ वर्षीया रिता लामिछानेको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–११ का ३९ वर्षीय टेकबहादुर हमाललाई असोज ६ गते गिरफ्तार गरेको छ…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सुनकोशी गाउँपालिका-१० का ३५ वर्षीय छविरमण धमलाविरूद्ध प्रहरीमा उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले ०८० असार २५ गते बलात्कार गरेको आरोपमा…
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामूखी गाउँपालिका-२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज ५ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले…