पर्वतमा डेंगीका बिरामीको सङ्ख्या बढ्दै, अस्पतालमा शैया अभाव
पर्वतमा डेंगी सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ । सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जिल्ला अस्पतालमा शैया अभाव भएको छ ।
पर्वत अस्पतालमा मात्रै परीक्षण गरिएका ८ सय ५३ जना मध्ये भदौ २८ गतेसम्म ६ सय ५६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रविण शर्माले जानकारी दिनु भयो । अस्पताल बाहेक निजी क्लीनिकहरुमा पनि डेंगीको परीक्षण हुने र सङ्क्रमण देखिएका बिरामीह अस्पतालमा भर्नाका लागि जाने गरेपछि शैयाको समस्या भएको हो ।
पर्वत अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. हेमन्त बाँस्तोलाका अनुसार डेंगीबाट पर्वतमा एक महिलाको मृत्यु भइसकेको छ । पर्वत अस्पतालमा उपचार हुन नसकेपछि पोखरा लैजाँदै गर्दा ती महिलाको मृत्यु भएको हो ।
अस्पताल सङ्क्रमितले भरिभराउ छ । १५ शैयाको पर्वत अस्पतालमा सुविधा सम्पन्न भवन बनेपछि अस्पताल व्यवस्थापन समितिले ६० शैया सञ्चालनमा ल्याएको छ । शैया अभाव भएपछि कतिपय बिरामीलाई घरबाटै उपचारका लागि आउने जाने गरी व्यवस्थापन गरिएको डाक्टर बास्तोलाले बताउनु भयो ।
कुश्मा नगरपालिका-५ निवासी ५६ वर्षीय प्रितम थापाले डेंगीका लागि उपचार गर्न अस्पतालमा गएको भएपनि शैया अभाव भएपछि घरबाटै समयसमयमा रगत परीक्षणका लागि आउने जाने गरेको बताउनु भयो ।
ग्रामीण क्षेत्रमा भन्दा बजारमा बिरामीको सङ्ख्या अधिक छ । कुश्मा नगरपालिकास्थित सदरमुकाम कुश्माबजारमा मात्र ५ सयभन्दा बढीमा सङ्क्रमित छन् । सङ्क्रमितमध्ये ४९ प्रतिशत पुरुष र ५१ प्रतिशत महिला रहेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
सन्तोष थापा
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…