परीक्षा केन्द्र अपायक ठाँउमा राख्दा विद्यार्थीहरूलाई सास्ती
गल्छी गाउँपालिकामा अध्ययनरत आठ कक्षाका विद्यार्थीहरूको परीक्षा केन्द्र अपायक ठाउँमा राख्दा विद्यार्थीहरूले सास्ती व्यहोर्नु परेको गुनासो गरेका छन् ।
गल्छी गाउँपालिका– ८ स्थित बालकुमारी आधारभूत विद्यालयका २२ जना विद्यार्थी परीक्षा दिनका लागि द राइजिङ भिलेज इङ्गलिस सेकेन्डरी स्कुल, बैरेनी बजार जानुपरेपछि सास्ती भएको विद्यार्थीहरूले इन्सेक प्रतिनिधिलाई बताएका छन् ।
पालिका स्तरीय परीक्षा सञ्चालन समितिले केही विद्यालयका विद्यार्थीको परीक्षा अर्को माध्यमिक विद्यालयमा जानु पर्ने व्यवस्था गरेपछि विद्यार्थीले समस्या भोग्नु परेको बालकुमारी आधारभूत विद्यालयका शिक्षक बैकुण्ठ रिमालले बताउनु भयो ।
परीक्षा दिन जान र घर फर्किनका लागि दिनभर लाग्ने गरी परीक्षा केन्द्र राखेपछि समस्या झेल्दै परीक्षा दिएको एक जना विद्यार्थीले बताए । नाम उल्लेख गरे परीक्षामा समस्या पर्ने भएकाले नाम गोप्य राख्न उनको अनुरोध थियो ।
गल्छी गाउँपालिका– ८ मा पर्ने गोगनपानी माविका गोगनपानी अधारभूत विद्यालय, जनसेवा आधारभूत विद्यालयबाट परीक्षा दिन दुई घण्टा र गल्छी गाउँपालिका–५ मा रहेको जलकन्या आधारभूत विद्यालयका विद्यार्थीहरू अमनता देवी माविमा परीक्षा दिन जानका लागि १० देखि १२ किलोमिटर टाढा जानु परेको विद्यार्थीको गुनासो छ । यसैगरि गल्छी गाउँपालिका–३ धादिङ आधारभूत विद्यालयका विद्यार्थी गल्छी गाउँपालिका–२ मा रहेको कल्लेरी माविमा परिक्षा दिनुपर्ने बाध्यता छ ।
चार दिनको परीक्षा सकिदासम्म हरेक दिनको हिँडाइले आफूहरूलाई समस्या परेको विद्यार्थीको गुनासोसँगै अभिभावकहरू समेतले गल्छी गाउँपालिका शिक्षा शाखाको निर्णय बालअधिकार विरोधी भएको बताएका छन् ।
गल्छी गाउँपालिका बालमैत्री गाउँपालिका घोषणाको तयारी भएको भएपनि बाल अधिकार विरोधी क्रियाकलाप गाउँपालिकाको शिक्षा शाखाबाट भएकोले बाल अधिकार बिरोधी क्रियाकलाप र विद्यार्थीलाई परीक्षाको नाममा सास्ती दिने काम बन्द गर्नु पर्ने बालअधिकारको क्षेत्रमा लामो समयदेखि क्रियाशिल अधिकारकर्मी गोकर्ण रुपाखेतीले बताउनु भयो ।
यस विषयमा गल्छी गाउँपालिका अध्यक्ष केदार खतिवडाले शिक्षा शाखाले राम्रै गरेको होला भन्ने लागेर हामीले ठिकै छ भनिएको हो तर समस्या परेको गुनासो आएपछि ध्यानाकर्षण भएको बताउनु भयो । गल्छी गाउँपालिका शिक्षा शाखा प्रमुख पेमा दोर्जे थोकरलाई पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्क गर्न सकिएन ।
राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार सङ्क्षण महाशाखा प्रमुख तथा सहसचिव यज्ञ अधिकारीले कक्षा आठको परीक्षा केन्द्र आफ्नो विद्यालय बाहिर राख्दा बालबालिकामा समस्या पर्ने भएकोले मानव अधिकार हनन् नगर्न स्थानीय तहको शिक्षा शाखालाई आग्रह गर्नु भयो ।
सीताराम अधिकारी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…