परीक्षाको मुखमा विज्ञान शिक्षक नहुँदा विद्यार्थी पढाइबाट वञ्चित
गुल्मीमा अङ्ग्रेजी, विज्ञान र गणित विषय अध्यापन गराउने शिक्षकहरू पाउँनै मुस्किल हुन थालेको छ । सदरमुकाम तम्घास र छिमेकमा समेत मुख्य बिषयमा शिक्षकको सङ्कट रहेको छ । जसको कारण परीक्षाको मुखमा विद्यार्थी पढाईबाट वञ्चित भएका छन् । रेसुङ्गा नगरपालिका–५ को जनसहयोग माविमा विज्ञान शिक्षक तीन महिना भए । कक्षा ९ र १० मा बिज्ञान र कक्षा ११ र १२ मा कम्प्युटर विषय अध्यापन गराइरहेका शिक्षक प्रकाश मरासिनीले माविमा नाम निकालेपछि दरबन्दी खाली रहेको छ । कात्तिक १३ गतेबाट दरबन्दी खाली भएपछि कक्षा ९ र १० का ६० बिद्यार्थीलाई समस्या भएको छ भने कक्षा ११ र १२ को ऐच्छिक कम्युटर बिषयनै कटौती गरेको प्रधानाध्यापक शिवराज फुल्लेलले बताउनु भयो ।
विद्यार्थीहरूको पढाइलाई धेरै प्रभावित हुन नदिन शिक्षक प्रकाश मरासिनीलाईनै अतिरिक्त कक्षा र छिमेकी विद्यालयबाट शिक्षकलाई आग्रह गरेर केही कक्षा सहजीकरण गरेको फुल्लेलले बताउनु भयो । उहाँले अहिले भर्खरै आयोगले जिल्लामा विज्ञान शिक्षक पठाएपनि कसैले बिद्यालय छनौट नगरेका कारण शैक्षिक सत्र अहिलेकै अवस्थामा सकिने बताउनु भयो । गाउँमा आर्थिक तथा सामाजिक अवस्था बेहाल रहेको छ । परीक्षाको मुखमा बिद्यार्थीहरुले पाठ्यपुस्तक नपाउने समस्यासँगै विषय शिक्षक नहुँदा पढ्न नपाउने अवस्था समस्या बन्दै गएको छ । एसइइको नजिक मुख्य विषयकै शिक्षक नहुँदा आफूहरूलाई निकै सास्ती भएको जनसहयोग माविका विद्यार्थी बिनोद नेपालीले गुनासो गर्नुभयो ।
केहि समय अघि रेसुङगा माध्यमिक विद्यालयले माध्यमिक तहको अङ्ग्रेजी राहत शिक्षकको लागि तीन पटक बिज्ञापन माग्यो । विद्यार्थीहरूको पढाई प्रभावित भइरहेको अवस्थामा दरबन्दीमा शिक्षक नभएपनि राहतमा समेत नपाएर तेस्रो पटकमा बल्लतल्ल शिक्षक पाएको विद्यालयका प्रधानाध्यापक भागीरथ भण्डारीले जानकारी दिनुभयो । जिल्लाका धेरै बिद्यालयमा दरबन्दी अनुसारका शिक्षक अभाव भएको शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका प्राविधिक सहायक रामप्रसाद पन्थीले जानकारी दिनुभयो । सरकारले दरबन्दी वितरण नगरेका धेरै समय भएको र स्थानीय तहले बिद्यालय मर्ज गरेर दरबन्दी मिलान गर्न नसकेको कारण समस्या सृजना भइरहेको पन्थीले बताउनु भयो । जिल्लामा पाँच सय ९० सामुदायिक र संस्थागत विद्यालयमा ५६ हजार दुई सय तीन विद्यार्थी सङ्ख्या रहेको शिक्षा विकास तथा समन्वय इकाई गुल्मीले जनाएको छ । जिल्लामा बालशिक्षादेखि कक्षा १२ सम्मका विद्यालयमा राहत र दरबन्दी गरी ३ हजार १ सय ५३ जनाको दरबन्दी रहेको कार्यालयले जनाएको छ ।
जिल्लामा पछिल्लो समय शिक्षकहरुले भटाभट राजीनामा गर्ने लहर चलेको छ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका अनुसार गत साउनदेखि माघ १० गतेसम्म २३ जना शिक्षकले राजीनाम दिएर पेसा छोडेका छन् । सवैभन्दा धेरै प्राथामिक तहमा राजीनामा गर्नेहरु रहेका छन् । चन्द्रकोट गाउँपालिका–७ को शारदा माविको शिक्षिका बिना भण्डारीले शिक्षक सेवाबाट नाम निकालेको डेढ बर्षमै जागिर छोडेर बिदेश गएको समन्वय इकाईका प्राविधिक सहायक राम प्रसाद पन्थीले जानकारी दिनुभयो । उहाँले प्रावी तृतीयबाट ०७९ चैत २९ गते नियुक्ती लिएर ०८१ मङ्सिर १० गते राजीनामा गर्नुभएको हो ।
उदय माध्यमिक विद्यालय चन्द्रकोटका माध्यमिक तहमा अध्यापन गराउने भिमबहादुर थापा र जनबोध माध्यमिक विद्यालयमा गणित विषय अध्यापन गराउने गीता भण्डारीले राजीनामा दिनुभएको हो । थापाले बिरामी भएर र भण्डारीले तथ्याङ्क अधिकृतमा नाम निकालेर राजीनामा दिएको पन्थीले बताउनुभयो । पछिल्लो समयमा शिक्षण पेशामा त्यती रुचि नहुँनु र वेदैशिक रोजगारीको लहरले पनि राजीनामा दिनेहरुको सङख्यामा वृद्धि हुँदै गएको शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका प्रमुख थानेश्वर घिमिरेले बताउनु भयो । विषय शिक्षकको अभाव र राजीनामाको लहर जिल्लामा ठूलो समस्याको रुपमा रहेको घिमिरेले बताउनु भयो ।
टोपलाल अर्याल
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपितहरू गिरफ्तार
कलैया उपमहानगरपालिक-१ बैंक रोड स्थित नव जन्म सुधार केन्द्रमा रहेका कलैया उपमहानगरपालिक-९ का ३२ वर्षीय धिरेन्द्र मण्डल भनिने प्रदिप मण्डलको हत्या गरेको आरोपमा प्रहरीले सुधार केन्द्रका सञ्चालक सहित १० जनालाई…
हत्या घटनाका आरोपित पति गिरफ्तार
शम्भुनाथ नगरपालिका-२ की २२ वर्षीया गायत्रीकुमारी साहको हत्या गरेको आरोपमा प्रहरीले उनका पति २६ वर्षीय सन्तोष साहलाई ०८१ फागुन १ गते गिरफ्तार गरेको छ । हत्या गरी फरार रहेका आरोपितलाई…
प्रदेश खाद्य परिषद् गठनको माग गर्दै कृषि मन्त्रीलाई ज्ञापन पत्र
कर्णाली प्रदेशमा खाद्य परिषद् गठनको माग गर्दै नागरिक समाज संस्थाहरुले फागुन ०१ गते गते कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहलाई ज्ञापन पत्र बुझाएका छन् ।…
गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा तोडफोड
रोहिणी गाउँपालिका–३, लक्ष्मीनगरस्थित घरभइ रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव चढ्ने गाडीमा फागुन १ गते राति तोडफोड भएको छ । अपरिचित व्यक्तिले फागुन १ गते राति घरमा पार्किङ गरेर राखेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शान्तिनगर गाउँपालिका–४, जुम्लेकुलाका २२ वर्षीय चन्द्रप्रसाद नाथलाई प्रहरीले फागुन १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितलाे माघ ३० गते बलात्कार गरेको भन्दै…