परिवारिक झडपमा नौ महिने बालिकाको मृत्यु

जग्गाको विषय लिएर भएको परिवारिक झगडापमा बाँसको भाँटा प्रहारबाट नौ महिने बालिकाको साउन ६ गते मृत्यु भएको छ । उपचारको लागि कलैया अस्पतालमा ल्याएपछि उनको मृत्यु भएको हो ।

घटना छानबिन गर्न भन्दै प्रहरीले सात जनालाई गिरफ्तार गरेको छ । सुवर्ण गाउँपालिका-१ बगही निवासी पन्नालाल मुखिया बिनकी नौ महिने छोरी किरणको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलीप घिमिरेले बताए ।

घटनाको आरोपमा गिरफ्तारी गरिएकाहरूमाथि अनुसन्धान भइरहेको डिएसपी घिमिरेले बताए । चलितर मुखियाको जेठी र कान्छी पत्नी पट्टकिो छोराहरूबिच जग्गाको विषयमा दुई पक्षीय झडप भएको थियो । पीडित बालिकाको शव पोष्टमार्टमका लागि कलैया अस्पतालमा राखिएको छ ।


लक्ष्मी सोनार