परिवारजनबाट कुटपिट गरी घरनिकाला गरेको भन्दै उजुरी
सम्सी गाउँपालिका–१ पर्साकी २६ वर्षीया सकुन्तला देवी सदालाई कुटपिट गरी घरनिकाला गरेको भन्दै पीडितले ३५ वर्षीय पति राजन सदा ५० वर्षीय ससुरा फागु मुसहर विरुद्ध भदौ २७ गते महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र महोत्तरीमा उजुरी दिएकी छिन् ।
पीडित सकुन्तला देवीले ससुर र पतिले आफूलाई गालीगलौच तथा कुटपिट गर्नुका साथै परिवारसँग बस्न नदिएपछि सेवा केन्द्रमा उजुरी दिएको बताउनु भयो ।
आरोपित पतिले आफ्ना आमा बुबाको कुरा सुनी आफुलाई कुटपिट तथा गालीगलौच गरेको पीडितले बताउनु भयो ।
आरोपित फागु सदाले छोरा राजन सदाको अर्को विवाह गर्ने भनि पीडित सकुन्तला देवीलाई कुटपिट गरी घरनिकाला गरेको पीडित परिवारको आरोप छ ।
घटना बारे सत्य तथ्य बुझी दोषीलाई कानुन बमाजिम कारबाही गर्ने जिल्ला प्रहरी कार्यालयका असई भरत ठाकुरले जानकारी दिनु भयो ।
ममता विश्वकर्मा
सम्बन्धित समाचारहरू
इन्सेकको पहलमा नागरिकता प्राप्त !
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) इन्सेकको पहलमा गुँरास गाउँपालिका-४ की ३७ वर्षीय अमृताकुमारी विश्वकर्माले नागरिकता प्राप्त गर्नुभएको छ । कानुनी प्रक्रियाका लागि इन्सेकले ०८१ चैत ६ गते उपलब्ध गराएको ८…
कारागारमा राष्ट्रिय परिचयपत्र वितरण हुँदा कैदीबन्दीलाई सहज !
कारागारमा राष्ट्रिय परिचयपत्र वितरण हुँदा कैदीबन्दीलाई सहज भएको छ । जिल्ला प्रशासन कार्यालयले कारागारभित्रै राष्ट्रिय परिचयपत्र दर्ता तथा निर्माण कक्ष तयार गरी कैदीबन्दीका लागि सहजता बनाएको हो । प्रमुख जिल्ला…
आगलागीले घरगोठ जलेपछि कुवँर परिवारको बिचल्ली ! (फोटो फिचर)
आगलागीले घरगोठ जलेपछि खुम बहादुर कुवँर परिवारको बिचल्ली भएको छ । पति खुम बहादुर कुवँरको मृत्यु भएको धेरै भएको छैन । ६ महिना नपुग्दै इस्मा गाउँपालिका–१, हस्तिचौरकी ५० वर्षीया कमला…
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…