परिवारका सदस्यले हत्या गरेको आरोपमा जलाउन लागेको शव चीताबाटै बरामद
कटहरिया नपा-५ की ३५ वर्षीया राजकुमारीदेवी साहको जलाउँदै गरेको शव चैत ६ गते बिहान प्रहरीले चीताबाटै बरामद गरेको छ ।
जलाउन लागिएकी यादवलाई हत्या गरी शव जलाउन लागिएको आरोपमा प्रहरीले शव बरामद गरेको जनाएको छ ।
मृतक यादवलाई ३५ वर्षीय पति विजय साह सोनारले कुटपिट गरी हत्या गरेको आरोपमा शव बरामद गरेको प्रहरीले जनाएको छ ।
बरामद शवसँगै प्रहरीले दुई बोतल पेट्रोल र पाँच किलो चिनीका साथ जलाउन गएका चारजना आफन्तलाई गिरफ्तार गरेको छ ।
प्रहरीले महिलाको शव जलाउन लागेको अवस्थामा कटहरिया नपा-५ का भन्टु साह र मृतककै भाञ्जा नाता पर्ने कटहरिया नपा-५ का रामबालक साह तथा मृतक महिलाका भाइ राजदेवी गाउँपालिका-३ का राजकिशोर साह र सुरेश साहलाई गिरफ्तार गरेको हो ।
मृतक महिला र उनका पति विजय साह सोनारबीच चैत ५ गते राति घरायसी विवादमा झगडा भएको र सोही विवादका कारण पति विजय साहले मृतकलाई कुटपिट गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी यज्ञविनोद पोखरेलले बताए ।
मृतकको घाँटीमा नीलो डाम देखिएकाले घाँटी थिचेर मारेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटना लगत्तै मृतकका पति फरार रहेका छन् ।
मृतकको शवलाई चैत ६ गते बिहान मृतकका दुई भाइ र आरोपित विजय साहका भाइ, भाञ्जाले नजिकै रहेको लालबकैया नदी किनारमा जलाउन लागेका थिए ।
स्थानीयको सूचनाका आधारमा उक्त स्थानमा इलाका प्रहरी कार्यालय कटहरियाबाट गएको टोलीले चिहानमा जलाउनै लागेको शव बरामद गरेको एसपी पोखरेलले जानकारी दिए । मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा लगिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिपिन गौतम
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तादी गाउँपालिका-४, सुन्दरादेवीकी २७ वर्षीया सूर्यमाया तामाङको खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका पति ३० वर्षीय लक्ष्मण तामाङलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।…