परियोजना अभिमुखीकरण गोष्ठि सुरु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा मानव अधिकार उल्लङ्घन तथा ज्यादती पीडितहरूको अधिकार प्रवर्धन कार्यक्रमसम्बन्धी अभिमुखीकरण गोष्ठी मङ्सिर २० गतेदेखि पोखरामा सुरू भएको छ ।
परियोजनाको आगामी योजनाका बारेमा छलफल तथा कार्ययोजना तयार गर्नका निमित्त अभिमुखीकरण आयोजना गरिएको इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले जानकारी दिए ।
अभिमुखीकरणमा सहभागीहरूलाई इन्सेक स्थापना प्रक्रिया र इन्सेकको कार्यक्षेत्रको बारेमा जानकारी दिँदै प्रतिवेदन लेखन अभ्यास र कार्यक्रम निर्देशिका निर्माणमा अभिमुखीकरण कार्यक्रम केन्द्रीत रहने निर्देशक गौतमले बताए ।
तीन दिनसम्म चल्ने अभिमुखीकरण कार्यक्रममा सहभागीहरूलाई स्वागत गर्दै परियोजनामा क्रियाशील भएर रिर्पोटिङ् गर्नसमेत जिल्ला सहजकर्ताहरूलाई गौतमले आग्रह गरेका छन् ।
अभिमुखीकरण कार्यक्रममा इन्सेकको व्यवस्थापन प्रमुख प्रेम पराजुलीले कार्यक्रमको आर्थिक तथा व्यवस्थापकीय पक्षबारे सहभागीलाई जानकारी दिँदै परियोजना सफल बनाउन इन्सेक अभियानमा आवद्ध सबैले जिम्मेवार भएर समयभित्रै जिम्मेवारी सम्पन्न गर्नुपर्ने बताए ।
अभिमुखीकरण गोष्ठीमा कार्यकारी निर्देशक गौतम, व्यवस्थापन विभाग प्रमुख पराजुली, केन्द्रीय कार्यलयका विभिन्न कार्यक्रमका प्रमुख तथा इन्सेकका पाँचवटै क्षेत्रीय कार्यलयका संयोजकहरू, प्रलेख अधिकृतहरू तथा परियोजना सञ्चालन हुने देशका २५ ओटै जिल्लाका जिल्ला सहजकर्ताहरूको सहभागिता रहेको छ ।
इन्सेकले मानव अधिकार उल्लङ्घन तथा ज्यादती पीडितहरूको अधिकार प्रवर्धन कार्यक्रम इलाम, झापा, सुनसरी, मोरङ, सिरहा, उदयपुर, पर्सा, बारा, धनुषा, सिन्धुपाल्चोक, धादिङ, दोलखा, कास्की, पाल्पा, तनहुँ, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा जिल्लामा सञ्चालनमा ल्याइएको योजना, अनुगमन तथा मुल्याङ्कन कार्यक्रमका प्रमुख सुशील चौधरीले बताएका छन् ।
इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यलय पोखरा
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २० गते)
असार २० गते ३४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
न्याय सम्पादन प्रभावित भएपछि सेवाग्राही समस्यामा
झण्डै दुई महिनादेखि जिल्ला अदालत, अछाममा जिल्ला न्यायाधीश नहुँदा न्यायिक प्रक्रिया प्रभावित भएपछि सेवाग्राहीहरु समस्यामा परेका छन् । वैशाख पहिलो सातादेखि न्यायाधीश नविनकुमार जोशीको सरुवा भएर अन्यत्र गएकाले मुद्दाको पेसी…
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा जोड
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा नेपालगञ्ज उप– महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले जोड दिनु भएको छ । डिसिएको सहयोग र इन्सेक नेपालगञ्जको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा असार…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रङ्गेली नगरपालिका–१ बवियाविर्ताकी ३० वर्षीया बविता मल्लिकलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति अशोक मल्लिकलाई असार १७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले असार…
नगरपालिकाद्वारा मानव अधिकार समूहलाई सम्मान
वाणगंगा नगरपालिकाको ११ औं नगर सभामा जिल्लाको प्रथम बालश्रम मुक्त नगरपालिका घोषणा गर्न इन्सेकद्वारा गठित मानव अधिकार समूहले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै असार १७ गते मानव अधिकार समूहलाई सम्मान…