परिचय पत्र नपाउँदा एकै घरका तीन जना अपाङता भएका व्यक्ति सेवाबाट विमुख
सदरमुकामदेखि एक दिन टाढा रहेको मुगुम कार्मारोग गाउँपालिका-६ का एकै घरका तीन जना दिदीभाइले अपाङ्गता परिचय-पत्र नपाउँदा सरकारबाट अपाङ्गता भएका व्यक्तिलाई दिइने सेवाबाट विमुख भएको गुनासो गरेका छन् ।
मुगुम कार्मारोग गाउँपालिका-६ की ६८ वर्षीया छिरिङ पुटिक लामा, ४९ वर्षीया याङ्जम पुटिक लामा र ४१ वर्षीय दोर्जे लामालाई महिला तथा बालबालिका कार्यालयले अपाङ्गता परिचय-पत्र उपलब्ध नगराउँदा सरकारले स्थानीय निकायबाट दिने सबै खाले सेवा सुविधाबाट विमुख भएको पीडितहरू गुनासो गरेका हुन ।
२५ वर्षअघि आमा र १६ वर्षअघि बुवाको मृत्यु भएपछि गाँउले आफन्तको साहारामा जीवन गुजारा गर्दै आएकी छिरिङ दृष्टिविहीन छिन् । उनकी बहिनी याङ्जम सुस्त मनस्थिति र भाइ दोर्जे पक्षघातका कारण अपाङ्गता भएका हुन् ।
तीनै जना परिचय पत्र बनाउन सदरमुकाम गमगढीसम्म आउन सक्ने अवस्था नहुँदा उनीहरूले परिचय-पत्र बनाउन सकेका छैनन् । परिचय पत्र नपाउँदा सरकारी सेवा सुविधाबाट वञ्चित हुनु परेको स्थानीय कार्मा लामाले बताए ।
याङ्जमले जङ्गलबाट दाउरा ल्याउने र खेतीपातीको सामान्य काम गर्न सक्छिन भने भाइ दोर्जेले मुस्किलले आफैँ खाना पकाउने गर्छन् । एक जनाले गरेको खेतीले तीन जनालाई वर्षभरी खान नपुग्ने स्थानीयले बताएका छन् । उनीहरूका लागि परिचय पत्र बनाउन गमगढी लैजान पनि समस्या भएको कार्माले बताए । दुई जनालाई बोकेर लैजानुपर्ने बाध्यताका कारण परिचय-पत्र बन्न सकेको छैन । गाँउमा अहिलेसम्म एकीकृत घुम्ति शिविर सञ्चालन भएको छैन । बोकेर लैजाने उपाय बाहेक अन्य केही नभएपछि आफूहरू पनि चुप लागेर बसेको कार्मले भने ।
सदरमुकाम पुगेर परिचय-पत्र बनाउन आर्थिक अवस्थाकै कारण लैजान नसकिएपनि गाउँ नजिक कतै शिविर सञ्चालन भएमा परिचय-पत्र पाउन सकिने आशा आफन्तहरूले गरेका छन् । उनीहरूको परिचय पत्र बनेको भए सरकारबाट मासिक १ हजार रुपियाँ पाउने थिए ।
यस विषयमा पहिलो पटक जानकारी भएको महिला तथा बालबालिका कार्यालयकी प्रमुख हसिना सुवेदी पराजुलीले बताइन् । उनले भनिन्-'स्थानीय चुनावको आचारसंहिता प्रभावित हुने हुँदा चुनावपछि शिविर सञ्चालन गर्छौँ ।'
अपाङ्गता भएका व्यक्तिका आफन्तले आवश्यक कागजपत्र र डाक्टरबाट प्रमाणित प्रमाण-पत्र ल्याउन सके जति बेला पनि परिचय पत्र दिने पराजुलीले बताइन् ।
जीवन सेजुवाल
सम्बन्धित समाचारहरू
नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित चार जना विरुद्ध पक्राउ पुर्जी जारी
जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित सो पार्टीका चार जना नेताहरू विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौँले ०८० मङ्सिर…
एमालेको कार्यक्रममा बालबालिकाको प्रयोग
नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रित अभियानमा विद्यार्थीहरुलाई प्रयोग गरेको पाइएको छ । मङ्सिर १७ गते पञ्चदेवल विनायक नगरपालिकाको विद्यामन्दिर नमूना माविका विद्यार्थीहरुले विद्यालय पोशाकमै नेकपा एमालेको कार्यक्रममा अध्यक्ष केपी शर्मा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
परवानीपुर गाउँपालिका–४ चैनपुरकी ७१ बर्षीया रामसहेली देवी चौरसियालाई उनका जेठो छोराले कुटपिट तथा गालिगलौज गरेको भन्दै ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
फेटा गाउँपालिका–१ त्रिवेणीकी ७५ वर्षीया देवकलिया तत्मीनलाई उनका माहिलो छोराले कुटपिट तथा गालीगलौज गरेको आरोपमा पीडितले ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया सुस्त मनस्थिती भएकी बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–४ का ३५ वर्षीय शुरेस यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८० मङ्सिर १३ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई…