परासी, जनकपुर र बाणगङ्गा घटनाप्रति अधिकारकर्मीद्वारा निन्दा र भत्सर्ना
यही २०७४ असार ३ र ४ गते परासी र जनकपुरमा प्रहरीको अत्यधिक बल प्रयोगबाट राष्ट्रिय जनता पार्टी (राजपा)का कार्यकर्ता र कपिलवस्तुमा बम बिष्फोटनबाट सर्वसाधारण नागरिकहरू समेत घाइते भएको घटनाप्रति जवाफदेही निगरानी समितिले निन्दा एवम् भत्सर्ना गरेको छ ।
‘यस्ता घट्ना बढ्दै गए मानवीय क्षति हुने बढी सम्भावना भएकाले प्रहरी प्रशासनका साथै राजपालाई समेत सचेत र सजक रहन आग्रह गर्दछौं । स्मरण रहोस यस समितिले मधेशमा विगतमा भएका दुखद् घट्ना नदोहोरिने सुनिश्चित गर्न प्रहरी माहानिरीक्षक समक्ष बैशाख २१ गते लिखित ध्यानाकर्षण गरेको थियो ।‘-समितिका संयोजक चरण प्रसाईँद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘लोकतन्त्रमा नागरिकले मतदानद्वारा आफ्नो प्रतिनिधि चुन्न र चुनिन पाउनु नैसर्गिक अधिकार हो । यस अधिकारको प्रयोग गर्न निषेध गर्नु मानवअधिकारका आधारभुत मुल्य-मान्यता विपरीत छ । आफ्नो अधिकार प्राप्त गर्न खोज्दा अरुका अधिकारमा आँच पुर्याउने कार्य गर्नु गैरलोकतान्त्रिक चरित्र हो ।‘-विज्ञप्तिमा उल्लेख छ ।
समितिले यस प्रकारका कृयाकलाप विश्व मानव अधिकारको घोषणापत्र, नेपाल पक्षराष्ट्र भएको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी माहासन्धि र नेपालको संविधानको समेत वर्खिलापमा भएको जनाएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
सोती घटनामा संलग्न २४ जना आरोपितलाई जन्मकैद फैसला
चौरजहारी नगरपालिका–८ सोती गाउँमा ०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको हत्या घटनामा संलग्न भएको भन्दै मङ्सिर १९ गते रुकुम पश्चिम जिल्ला अदालतले २४…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रसौनी गाउँपालिका–४ खुटवाका २६ वर्षीय साँजिद अन्सारीलाई ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडितलाई कात्तिक १९ गते आरोपितले बलात्कार…
भूकम्प प्रभावित अझै त्रिपालमुनि : अस्थायी आवास निर्माणमा १ करोड ३० लाख वजेट निकासा
भूकम्प प्रभावित अझै त्रिपालमुनि रहेका छन । अस्थायी आवास निर्माणमा लागि १ करोड ३० लाख रुपियाँ निकासा भएकाे छ । आवास निर्माणमा चार सय जना स्वंयसेवक परिचालन भएका छन । भूकम्पले …
प्रमुख प्रशासकीय अधिकृत नहुँदा तल्कोट गाउँपालिकाको कार्यसम्पादनमा समस्या
जिल्लाको तल्कोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका अयोजनाहरू समेत प्रभावित हुँदै आएको तलकोट गाउँपालिका–१…
कुटपिट घटनाका आरोपित गिरफ्तार
म्याङलुङ नगरपालिका-८ की ३४ वर्षीया अरूमीता राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मिङ्माकाजी शेर्पाले मङ्सिर १९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० मङ्सिर १८…