पत्रकार एवम् अभियानकर्मीलाई मार्ने धम्की
पत्रकार एवम् सुशासनका लागि भ्रष्टाचारविरुद्ध अभियानकर्मी सप्तकोशी नगरपालिका–११ भगनीका २६ वर्षीय कैलाश माझीलाई ‘मधेसी भाइरस किलर समूह’ले मार्ने धम्की दिएको भन्दै पीडितले फागुन २ गते शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी दिनु भएको छ ।
मार्ने धम्की दिएपछि शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमलाई भेटी उजुरी दिएको पीडित माझीले इन्सेक सप्तरी प्रतिनिधिलाई बताउनु भयो ।
माझीका अनुसार जिल्ला प्रशासन कार्यालयले आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा र जिल्ला प्रहरी कार्यालयले शान्ति सुरक्षाका लागि इलाका प्रहरी कार्यालय कञ्चनरुपमा फागुन २ गते पत्राचार गरेको छ ।
सुशासनका लागि भ्रष्टाचारविरुद्ध अभियानमा सक्रिय माझी सूचनाको हकका लागि राष्ट्रिय महासङ्घका सदस्य र जागौँ नेपाल मधेस प्रदेशका सदस्य सचिवका साथै पिपुल्स न्युज र अन द स्पोट न्युजका सप्तरी सम्वाद्दाताका रूपमा कार्यरत हुनुहुन्छ ।
फागुन १ गते राति सुतेको बेला ढोका अगाडि छाडिएको मधेसी भाइरस किलर (कुनौली) का सहइन्चार्ज प्रकाश यादव (प्रभास) को हस्ताक्षरित पत्रमा माझीलाई हत्या गर्ने धम्की दिइएको छ ।
उक्त पत्रमा स्थानीय तहसँग सूचना माग गरेको, सूचना र पैसा नदिने स्थानीय तहको बदनाम गरेको कारण देखाउँदै माझीको घरमा आगो लगाइ दिने, घरमै आएर गोली हानी मार्ने र जहाँ भेट्यो त्यहीँ गोली हानी मार्ने लगायतको धम्की दिइएको छ ।
प्रकाश यादव (प्रभास) को हस्ताक्षरसहित पठाइएको पत्रमा सप्तकोशी नगरपालिका–१० कमलपुरमा रहेका उनको समूहको व्यक्तिले माझीको मोबाइल र आइडी ट्याक गरी निगरानी गरिरहेको, माझीको अपहरण गर्न घर वरिपरी चक्कर लगाए पनि सफल हुन नसकेको र पुनः पूर्ववत काम गरेमा घरमै आएर गोली हानी मार्ने धम्की दिइएको छ ।
उक्त पत्रलाई मिडियाबाजी गरे, प्रहरीमा खबर गरे वा कसैलाई भनेमा सो को परिणाम मृत्युबाट चुकाउनु पर्ने पत्रमा उल्लेख गरिएको छ ।
बाँच्न चाहने हो भने चुप लागेर बस्न तथा सफाइ दिन चाहेमा सम्पर्क गर्न भन्दै पत्रमा भारतीय नम्बर ००९१८९६३२०७५१० दिइएको छ ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वेलवारी नगरपालिका–८ का २१ वर्षीय सन्तोष नेपालीलाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २३ गते प्रलोभनमा पारी बलात्कार…
कोशी कोभिड अस्पतालबाट एक जना कैदी फरार
विराटनगर महानगरपालिका–१८ का ४५ वर्षीय लक्ष्मण दास कोशी कोभिड अस्पताल परिसरबाट साउन २५ गते फरार भएको अस्पताल प्रशासनले जनाएको छसाउन २० गते कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि कोशी कोभिड…
न्याय पाउने आश मार्दै द्वन्द्व पीडित, छोरा हराएको १७ वर्षपछि अन्तिम संस्कार
०६३ मङ्सिर ५ गते तत्कालीन विद्रोही समूह र नेपाल सरकारबिच विस्तृत शान्ति सम्झौता भइ राखेको दृश्य टेलिभिजनले प्रसारण गर्दा विराटनगर महानगरपालिका–३ का तुलसीप्रसाद आपागाँइलाई न्याय पाउने ठूलो आशा थियो ।…
कुटपिट गरेको आरोपमा शिक्षकसहित दुई जना गिरफ्तार
जनज्योती मावि कक्षा १२ मा अध्ययनरत विद्यार्थी राजपुर गाउँपालिका–३ का १९ वर्षीय मन्साराम यादवलाई बन्धक बनाएर कुटपिट गरेको आरोपमा प्रहरीले उक्त विद्यालयका शिक्षक राजपुर गाउँपालिका–२ का ३७ वर्षीय पाटेश्वर यादव…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २६ गते)
साउन २६ गते ४ सय ६५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९२ हजार १ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…