पत्रकार महासंघका जिल्ला अध्यक्षमाथि चक्कु प्रहार, घटनाका आरोपित गिरफ्तार
खप्तडछान्ना गाउँपालिका–७ गोरखाली निवासी नेपाल पत्रकार महासंघ, बझाङ शाखाका अध्यक्ष ३३ वर्षीय ललितबहादुर सिंहमाथि ०८१ माघ २८ गते राति धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले मष्टा गाउँपालिका–४ का २६ वर्षीय विनोद कठायत, मष्टा गाउँपालिका–२ का २८ वर्षीय नरेश द्वाल र मष्टा गाउँपालिका– १ का २७ वर्षीय शितल कठायतलाई माघ २८ गते रातिनै गिरफ्तार गरेको छ ।
राति १० बजेको समयमा कोठामा गइरहेको अवस्थामा आरोपितहरुले आफूमाथि चक्कु प्रहार गरी घाइते बनाएको र कुटपिट समेत गरेको पीडित पत्रकार सिंहले बताउनु भयो ।
चक्कु प्रहार र कुटपिटबाट आँखा, टाउँको र हातमा चोट लागेर घाइते भएका पत्रकार सिंहको स्वास्थ्य उपचार जिल्ला अस्पताल, बझाङमा गरिएको छ ।
घटनामा संलग्न आरोपितहरुलाई गिरफ्तार गरेर ज्यान मार्ने उद्योग अन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बझाङका इन्स्पेक्टर लोकेन्द्र ठगुन्नाले बताउनु भयो ।
पत्रकार माहासंघ, बझाङका अध्यक्ष सिंहको ज्यान मार्ने उद्धेश्यले गरिएको आक्रमणको निन्दा गर्दै घटनामा संलग्नहरुलाई कारबाहीको मागराखि माघ २९ गते पत्रकार महासंघ, बझाङ र श्रमजीवी पत्रकार संघ, बझाङले प्रेश विज्ञप्ति समेत जारी गरेका छन् ।
सत्यराज सिंह
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले म्याङलुङ नगरपालिका-१० का १९ वर्षीय भिमबहादुर विश्वकर्मालाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश भीमबहादुर निरौलाको ०८१ चैत…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १५ वर्षीय बालकलाई ०८१ चैत १२ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई चैत १० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले…
खानेपानीको समस्या झेल्दै बेलस्वाराका स्थानीय
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–१६ मा पर्ने बेलस्वाराका स्थानीयले खानेपानीको समस्या झेल्दै आएका छन् । गाउँ नजिक रहेको धरादी खोलाबाट पानी ल्याइएको भए पनि पर्याप्त नहुँदा समस्या झेल्दै आएको…
बलात्कार घटनाका आराेपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बेथानचोक गाउँपालिका–४ गुम्बुडाँडाका २५ वर्षी विवेक नेपालीलाई ०८१ चैत ११ गते प्रहरीले गिरफ्तार गरेको छ पीडित बालिकालाई आराेपितले चैत १० गते राती बलात्कार गरेकाे भन्दै…
शान्ति प्रकृयाका बाँकी काम पूरा गर्न सरकार प्रतिबद्ध छ: गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले शान्ति प्रकृयाका बाँकी काम पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमसहितको इन्सेकको टोलीसँग कुरा गर्दै मन्त्री लेखकले सो कुरा बताउनु…