पत्रकार दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
समाचार सङ्कलनका क्रममा पाँच जनालाई पत्रकारलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका-७ स्थित बिग हस्पिटलमा रेडियोलोजी विभागमा कार्यरत कर्मचारी विराटनगर महानगरपालिका-९ का ३३ वर्षीय रोशन यादवलाई कात्तिक २३ गते गिरफ्तार गरेको छ ।
नेपाल सरकारको अनुमति विना सञ्चालनमा रहेको विग अस्पतालमा ०८० कात्तिक २३ गते विराटनगर महानगरपालिकाले छापामारी अस्पतालमा शील गरेको विषयमा समाचार सङ्कलनका लागि पुगेका पत्रकार विराटनगर महानगरपालिका-६ का ३० वर्षीय हुसेन शेख, सुनवर्षी नगरपालिका-२ का २७ वर्षीय वीरेन्द्रकुमार साह, विराटनगर महानगरपालिका-२ का ४५ वर्षीय नवीन कर्ण, विराटनगर महानगरपालिका-८ का ३२ वर्षीय सोनुकुमार दास र विराटनगर महानगरपालिका-६ का ४० वर्षीय जितेन्द्रकुमार ठाकुरलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले अस्पतालका कर्मचारी विराटनगर महानगरपालिका-९ का ३३ वर्षीय रोशन यादवलाई कात्तिक २३ गते गिरफ्तार गरेको हो ।
पत्रकारलाई धम्की दिएको र सञ्चार सामग्री खोसेर दुर्व्यवहार गरेको आरोपमा पीडित पत्रकारहरूले जिल्ला प्रहरी कार्यालयमा कात्तिक २३ गते उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जनकुमार दाहालले बताउनु भयो ।
घटनाको पत्रकारहरूले विरोध जनाएका छन् ।
मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र सन् १९९८ ले पत्रकारलाई मानव अधिकार रक्षकका रुपमा परिभाषित गरेको छ ।
विनोद सुवेदी
सम्बन्धित समाचारहरू
१५ वर्षदेखि टहरामा पढ्दै छन् दुम्लिङका चेपाङ बालबालिका
धादिङको बेनीघाट रोराङ गाउँपालिका-२, दुम्लिङस्थित सहारा आधारभूत विद्यालयमा १५ वर्षदेखि चेपाङ बालबालिका टहरामा पढ्दै आएका छन् । अत्यन्त गरिब र बिहान बेलुकी छाक टार्न समेत धौ धौ पर्ने चेपाङ समुदायका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका-९, नार्केस्थित सागर मेडिकलका सञ्चालक ५० वर्षीय चेतन रामलाई प्रहरीले ०८० मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
गोसाइकुण्ड गाउँपालिका-५, सानो भार्खुका बुबा ६६ वर्षीय छेवाङ तामाङको लाठीले टाउकोमा हानेर हत्या गरेको आरोपमा ४० वर्षीय गोपाल तामाङलाई प्रहरीले ०८० मङ्सिर १५ गते गिरफ्तार गरेको छ । मदिरा सेवन…
भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम शुरु
विनासकारी भूकम्पले घरमा क्षति गरेपछि त्रिपालमुनि बसेका पीडितहरुका लागि अस्थायी आवास निर्माणमा पहिलो किस्ता रकम स्थानीय तहमा पठाएपछि निर्माणको काम शुरु भएको छ । विपद व्यवस्थापन कोषमा जम्मा भएको रकम…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-६ बर्मेली टोलका ३४ वर्षीय जगतमणि आर्चायलाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर ८ गते बलात्कार…