पत्रकार दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
सोलुखुम्बुमा पत्रकारलाई ०७८ मङ्सिर १४ गते समाचार सङ्कलनका क्रममा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले घटनाका आरोपितलाई पुस २८ र २९ गते गिरफ्तार गरेको छ ।
मङ्सिर १४ गते सोलुखुम्बु कांग्रेस अधिवेशनको रिपोटिङका क्रममा पत्रकारमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेपाल विद्यार्थी सङ्घ सोलुखुम्बुका उपाध्यक्ष माप्यदूधकोशी गाउँपालिका–४ का २८ वर्षीय जीवन बस्नेत, कांग्रेसका क्षेत्रीय प्रतिनिधि नेचासल्यान गाउँपालिका–२ का ३३ वर्षीय प्रदीप बस्नेत र नेपाल विद्यार्थी सङ्घ अध्यक्ष माप्यदूधकोशी गाउँपालिका–६ का २० वर्षीय विभुषण राईलाई गिरफ्तार गरेको छ ।
आरोपितहरूले रिपोटिङमा खटिएका सोलु एफएममा कार्यरत पत्रकार सोलुदूधकुण्ड नगरपालिका–३ का २६ वर्षीय पत्रकार सुवास दर्नाल र थुलुङदूधकोशी गाउँपालिका–४ का २० वर्षीय रमन वनमाथि मङ्सिर १४ गते आक्रमण गरेको पीडित पक्षको आरोप छ ।
घटनापछि पीडित पत्रकारले आरोपितविरूद्ध मङ्सिर १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
प्रहरीले नेपाल विद्यार्थी सङ्घ सोलुखुम्बुका उपाध्यक्ष माप्यदूधकोशी गाउँपालिका–४ का जीवन बस्नेतलाई घरबाटै गिरफ्तार गरेपछि अन्य दुई आरोपित पुस २९ गते प्रहरीको सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।
भोजराज कार्की
सम्बन्धित समाचारहरू
गाउँपालिकाले समयमै सामाजिक सुरक्षा भत्ता नदिएको ज्येष्ठ नागरिकको गुनासो
सिमकोट गाउँपालिकाबाट समयमै सामाजिक सुरक्षा भत्ता नपाएको ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् । ०७८ साउनदेखि सिमकोट गाउँपालिकाले समयमै ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षा भत्ता आफुहरूलाई वितरण नगरेको सिमकोट गाउँपालिका–३ का ७८…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १८ गते)
असार १८ गते ३३ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
पत्नी कुटपिट घटनाका आरोपित गिरफ्तार
भानु नगरपालिका–१ नयाँबस्तीकी ३२ वर्षीया चिजा गुरुङलाई कुटपिट गरेको आरोपमा प्रहरीले २५ वर्षीय विक्रम गन्धर्वलाई असार १८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार १७ गते साँझ कुटपिट…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले केपिलासगढी गाउँपालिका—४ वाक्सीलाका ६१ वर्षीय लाल थापा मागरलाई असार १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १३ गते यौन…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…