पत्रकार दियालीमाथि कुटपिट

  ०७५ माघ २९ गते

लालबन्दी नगरपालिका परवानीपुर निवासी सामुदायिक रेडियो सर्लाही हरिवनका स्टेशन म्यानेजर ३२ वर्षीय सोम दियालीलाई माघ २९ गते बिहान ११ बजे एक समूहले कुटपिट गर्दा घाइते भएका छन् ।

घाइते पत्रकारको अनुहारलगायत शरीरको विभिन्न अङ्गमा चोट लागेको छ । उनको स्वभिमान अस्पताल हरिवनमा उपचारपछि थप उपचारका लागि काठमाडौँ लगिएको पत्रकार टङ्क क्षेत्रीले  जानकारी दिए । पीडित पक्षले इलाका प्रहरी कार्यालय हरिवनमा माघ २९ गते नै उजुरी दिएका छन् ।

घटनामा संलग्न रहेको आरोपमा हरिवन नपा–११ का २० वर्षीय इबरान देवानलाई माघ २९ गते प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपितविरूद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका एसपी पोषराज पोखरेलले बताए । कुटपिट घटनाको कारण खुलेको छैन र घटनाको अनुसन्धान भइरहेको उनले जानकारी दिए । घटनामा संलग्न अन्य दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


इन्सेक प्रदेश २ कार्यालय जनकपुर