पत्रकार कुटपिट घटनाप्रति मानव अधिकारकर्मीहरूको ध्यानाकर्षण
नेपाल पत्रकार महासंघ पाल्पा शाखा अध्यक्ष राजेश अर्याल र रेडियो मदनपोखरामा कार्यरत पत्रकार बिजय कुमार बौडेल माथी धम्की र कुटपिट गरिएको घटनाप्रति चैत १८ गते विज्ञप्ति प्रकाशन गर्दै मानव अधिकारकर्मीहरुले ध्यानाकर्षण जनाएका छन् ।
समाचार प्रकाशन/प्रशारण गरेकै आधारमा पत्रकारमाथि भएको उक्त घटना, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता माथिको आक्रमण भएकाले घटनामा सङ्लग्न व्यक्तिहरुको पहिचान गरी कानुन बमोजिमको कारवाहीका लागि अधिकारकर्मीहरुले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।
नेपालगञ्ज उच्च अदालत बार एशोसिएसनका अध्यक्ष विकास आचार्य, नेपाल मानव अधिकार संगठन, बाँके अध्यक्ष प्रह्लादबहादुर कार्की, इन्सेक नेपालगञ्जका संयोजक भोला महत, फियान नेपालका संयोजक सुरेशकुमार गौतम, मानव अधिकार एलाइन्स बाँकेका अध्यक्ष प्रभात कुमार ठकुरी, उपभोक्ता हित संरक्षण मञ्च नेपाल केन्द्रिय सदस्य, वसन्त गौतम, हरप्लेस नेपालका कार्यकारी निर्देशक टोपबहादुर खड्का, हिमराईट्सका प्रकाश उपाध्याय आइएचआरसीका अध्यक्ष विश्वजीत तिवारीले हस्ताक्षर गरी विज्ञप्ति जारी गरेका हुन् ।
उनीहरुले चैत १७ गते बारा र पर्सामा आएको हावाहुरी र असिनाका कारण भएको मानवीय क्षतिको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
इन्सेक प्रदेश ५ कार्यालय, नेपालगञ्ज
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…