पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका ३० वर्षीय दिनेश भण्डारी र ३० वर्षीय रोशन गुरुङविरुद्ध रौनियारले ०७९ चैत १२ गते प्रहरीमा उजुरी दिनुभएको छ ।
घरमा बसेको समयमा गजुरी गाउँपालिका-१ गजुरी बजारमा बोलाएर सोही ठाउँका ३० वर्षीय दिनेश भण्डारी र ३० वर्षीय रोशन गुरुङले कुटपिट गरी रौनियार घाइते भएका हुन् ।
घटनामा संलग्न आरोपितहरूलाई प्रहरीले चैत ११ गते गिरफ्तार गरेको ईलाका प्रहरी कार्यालय गजुरीका दिपेन्द्र कुँवरले जानकारी दिनुभयो । आरोपितविरुद्ध अभद्र व्यवहार अन्तर्गत मुद्दा दर्ता गरिएको कुँवरले बताउनुभयो ।
घाइते पत्रकार रौनियारको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
घटनामा संलग्नहरूलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासङ्घ धादिङले प्रेस विज्ञप्ति प्रकाशन गर्दै पत्रकारको मर्यादित पेशा प्रति सम्मान गर्न सचेत गराउँदै पत्रकारलाई निर्वाध र सुरक्षित रुपमा समाचार सङ्कलन, प्रकाशन र प्रशारण गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।
सीताराम अधिकारी
सम्बन्धित समाचारहरू
महिला हत्या घटनाका आरोपित गिरफ्तार
चितवनको राप्ती नगरपालिका-७ घर भई हाल काठमाडौँ महानगरपालिका-२६ भगवती बहाल बस्ने २६ वर्षीया जेनिशा तामाङलाई कुटपिट गरी हत्या गरेको आरोपमा काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका-१० का ३० वर्षीय अमर रञ्जितकारलाई प्रहरीले ०८०…
अज्ञात पक्षद्वारा धारिलो हतियार प्रहार गरी हत्या
अज्ञात पक्षद्वारा प्रतापपुर गाउँपालिका– ८, बेरिहवाका ५१ वर्षीय तिलकराज भेडियार र उनकी पत्नी ५० वर्षीया निर्मला भेडियारको घर नजिकै रहेको भैसीगोठमा सुतिरहेको अवस्थामा जेठ २३ गते धारिलो हतियार प्रहार गरी…
बालविवाह कसुरमा तीन वर्ष कैद
१४ वर्षीया बालिकासँग बालविवाह गरेको कसुरमा खडक नगरपालिका–९ लालपट्टीका २१ वर्षीय धिरेन्द्रकुमार साहलाई जेठ २४ गते तीन वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश डा. राजेन्द्रप्रसाद आचार्यको इजलासले आरोपितले…
मानव बेचबिखन कसुर ठहर गर्दै १५ वर्ष कैदको फैसला
१४ वर्षीया बालिकालाई बेचबिखन गरेको कसुर ठहर गर्दै जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलले जेठ २२ गते राजपुर गाउँपालिका–७ की ३० वर्षीया सृया भनिने शान्ति थापा मगरलाई १५ वर्ष कैदको फैसला…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नगरपालिका–१३ का ३६ वर्षीय शुरेश कुमार साहलाई इलाका प्रहरी कार्यालय लहानले जेठ २१ गते गिरफ्तार गरेको छ । आरोपितले जेठ ८ गते बलात्कार…