पत्रकार आचारसंहिताको प्राथमिकतामा महिला, बालबालिका र ज्येष्ठ नागरिक

पछिल्लोपटक जारी पत्रकार आचारसंहिता–२०७३ ले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका विषयलाई समेत प्राथमिकता दिएको छ ।

पत्रकार आचारसंहिता–२०६० (संशोधन तथा परिमार्जित–२०६४)ले समेट्न नसकेका केही विषय नयाँ आचारसंहिता–२०७३ ले प्राथमिकता दिएको हो ।

नयाँ आचारसंहिताअन्तर्गत पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने मध्ये बुँदा नं–१४ मा ‘मर्यादा र आत्मसम्मानमा प्रतिकूल असर’ र ‘बालबालिकालाई तत्कालीन तथा दीर्घकालीन हानि हुने गरी समाचार सङ्कलन तथा सम्प्रेषण गर्नुहुँदैन’ भनिएको छ ।

त्यसैगरी कानुनविपरीत कार्य वा बाल बिझ्याँइमा संलग्न बालबालिकासम्बन्धी समाचार सामग्री सम्प्रेषण गर्दा बाल न्यायको सिद्धान्तविपरित गोपनीयता खोल्न नहुने पनि आचारसंहितामा उल्लेख छ ।

पत्रकारिता क्षेत्रमा भएको विकास र विकृति विसङ्गतिलाई सम्बोधन गर्दै प्रेस काउन्सिल नेपालले गत असोजबाट यो आचारसंहिता कार्यान्वयनमा ल्याएको हो ।

‘पत्रकार तथा सञ्चारमाध्यमले महिला तथा ज्येष्ठ नागरिकका बारेमा समाचार सामग्री सम्प्रेषण गर्दा उनीहरूको मर्यादा, भावना तथा आत्मसम्मानमा प्रतिकूल असर पुर्याउनु हुँदैन’–आचारसंहितामा भनिएको छ ।

 


अनलाइन डेस्क