पत्रकारहरूको निरन्तर विरोध प्रदर्शन
सप्तरीका पत्रकारहरूले छैठो दिन पनि आन्दोलनलाई निरन्तरता दिदै साउन २९ गते राजविराजमा विरोध जुलुश प्रदर्शन गरेका छन् ।
प्रेस स्वतन्त्रताको रक्षा र पत्रकारमाथि भएको आक्रमणका विरुद्ध न्याय खोज्दै पत्रकारहरूले निरन्तर जुलुश प्रदर्शन गरिरहेका छन् ।
इन्सेक सप्तरी प्रतिनिधि र नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार मनोहर कुमार पोखरेलमाथि आक्रमण गर्ने दोषी प्रहरीमाथि कानूनी कारबाही र जिल्ला प्रशासन कार्यालयले फोटो, भिडिओ खिच्न निषेध गरेको सूचनालाई क्षमायाचनासहित फिर्ता गर्नुपर्ने माँग गर्दै सप्तरीका पत्रकारहरू आन्दोलित छन् ।
नेपाल पत्रकार महासंघ सप्तरीको अगुवाइमा महासंघ कार्यालयबाट व्यानरसहित निक्लिएको जुलुशले जिल्ला प्रशासन कार्यालय, अदालत रोड, गजेन्द्र चोक हुँँदै नगर परिक्रमा गरेको छ । महासंघ सप्तरीका उपाध्यक्ष बैद्यनाथ यादवको नेतृत्वमा सहभागी पत्रकारहरूको दोषी प्रहरीलाई कारबाही गर, प्रेस स्वतन्त्रता कायम गर, क्षमायाचनासहित सूचना फिर्ता गर, असक्षम एसपी, सिडिओलाई कारबाही गर जस्ता नारा लगाए ।
पत्रकारहरूको आन्दोलनमा अन्य संघसंस्थाहरूको ऐक्यबद्धता थपिदै गएको छ । महासंघले सुरु गरेको आन्दोलनमा मैथिली साहित्य परिषद्, मिलाफ नेपाल, महिला मानव अधिकार रक्षक सञ्जाल, एकल महिला समूह, मेची महाकाली बुहारी संयुक्त आवाज, महिला मानव अधिकार तथा सामुदायिक विकास केन्द्र सप्तरीले ऐक्यबद्धता जनाएको छ । श्रृङ्खलाबद्ध रुपमा पत्रकारहरूलाई आक्रमण, धम्की, जिल्ला प्रशासन कार्यालयमा प्रवेश निषेध र जिल्ला प्रशासन कार्यालयमा अनुमति बिना फोटो, भिडिओ लिए कारबाही गर्ने चेतावनीसहितको जारी सूचनाले पत्रकारहरू असुरक्षित महसुस गर्दै त्यस विरुद्ध आन्दोलनरत छन् ।
समाचार सङ्कलन पश्चात जिल्ला प्रहरी कार्यालयबाट फर्किन लागेका पोखरेलमाथि साउन १५ गते असई राजेश्वर महतोले कार्यालय परिसरमै मुक्का, बुटले कुटपिट र दुर्व्यवहार गरेका थिए । यस्तै जिल्ला प्रशासन कार्यालय सप्तरीले साउन २४ गते सूचना सार्वजनिक गर्दै बिना अनुमति प्रशासन कार्यालय परिसरको फोटो, भिडियो खिची सामाजिक सञ्जाल, अनलाइन तथा पत्रपत्रिकामा राखेमा कारबाही गर्ने सूचना जारी गरेको थियो ।
उक्त सूचना प्रशासन कार्यालयले विज्ञप्तिमार्फत फिर्ता लिएपनि क्षमायाचनासहित फिर्ता नलिएकोले महासंघको आन्दोलनले निरन्तरता पाएको छ ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
यज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
यज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको विषयमा इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक…
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले थलारा गाउँपालिका–४ का ६० वर्षीय गम्भिरे सार्कीलाई ०८१ चैत ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १५ गते बलात्कार…