पत्रकारलाई मार्ने धम्की, आरोपितविरूद्ध उजुरी
नेपाल पत्रकार महासङ्घका सदस्य तथा इलाका खबरका सम्पादक बागलुङ नगरपालिका–८ सिगानाका ३५ वर्षीय पत्रकार सुर्यबहादुर विश्वकर्मालाई मार्ने धम्की आएको भन्दै पीडितले असोज ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ ।
गणेश नामक फेसबुकबाट पीडित पत्रकार र उहाँकी २४ वर्षीया पत्नी मुना बिक पुन, चार वर्षीया छोरी यानुषा र एक वर्षीय छोरा समुन्नतलाई मार्ने धम्कीदिएको पीडितले आरोप लगाउनु भयो ।
नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले असोज ५ गते प्रेस विज्ञप्ति जारी गर्दै सो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विकलाई मार्ने धम्की आएपछि जिल्ला प्रहरी कार्यालय बागलुङ र जिल्ला प्रशासन कार्यालय बागलुङमा असोज ४ गते लिखित उजुरी दिएको र पटकपटक छलफल गर्दा समेत दोषी पत्ता नलागेको भन्दै निर्वाध रूपमा पत्रकारिता गर्ने कार्यलाई निरुत्साहित गर्ने गरी पत्रकारमाथि आएको धम्कीलाई गम्भिरतापुर्वक लिन आग्रह गरिएको छ ।
सिर्जना पन्त
सम्बन्धित समाचारहरू
बम विष्फोट र संगठित अपराधमा चार वर्ष कैद
बम विष्फोट गराई प्रहरीहरूको ज्यानमार्ने उद्योग गरेको र संगठित अपराध गरेको कसूरमा खड्ग नगरपालिका–९ लालपट्टीका ४१ वर्षीय पशुपति चौधरीलाई चैत ९ गते ४ वर्ष कैद सजाय भएको छ । जिल्ला…
कैद ठहर भएका बालकलाई संरक्षककै जिम्मा
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बोदेबर्साइन नगरपालिका–३ गौराका १२ बर्षीय बालकलाई चैत ९ गते अदालतले ६ महिना कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले ठहर गरेको…
बलात्कार घटनाको कसुरमा कैद सजाय
एक १५ वर्षीया बालिकालाई लहान नगरपालिका–२२ का २१ वर्षीय राजन सदायले बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले १२ वर्ष ६ महिना कैद सजायको फैसला चैत ८ गते गरेको छ…
हिंसा पीडितको न्याय माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सिन्धुलीमा क्रियाशील महिला अधिकार तथा मानव अधिकारकर्मीहरूले ०७९ चैत ९ गते महिला तथा बालिकामाथि यौनजन्य, शारीरिक, मानसिक हिंसाहरू बढ्दै गएको र पीडितले न्याय र सुरक्षा पाउन नसकेको भन्दै त्यसको प्रभावकारीताका…
यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना कैद सजाय फैसला
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले ०७९ चैत ८ गते कालिका नगरपालिका-१ बस्ने ३३ वर्षीया धनकुमारी चौधरीलाई तीन महिना कैद सजाय हुने…