पत्रकारलाई मार्ने धम्की घटनामा गाउँपालिका अध्यक्षविरूद्ध उजुरी
शुभकालिका गाउँपालिका–५ निवासी ३२ वर्षीय पत्रकार नन्दकेश अधिकारीलाई सोही गाउँपालिका अध्यक्ष ४५ वार्षीय खडानन्द चौलागार्इँले मार्ने धम्की दिएको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिएका छन् ।
एप्पपल खवर अनलाइनमा कार्यरत पत्रकार महासंघ कालिकोटका सदस्य अधिकारीलाई आरोपितले ०७७ साउन ८ गते फोन मार्फत मार्ने धम्की दिएको पीडितले इन्सेकलाई बताउनुभयो ।
पत्रकार अधिकारीले गाउँपालिकाको समाचार सामाजिक सञ्जालमा पोष्ट गरेको भन्दै जता भेटायो त्यतै मारिदिन कार्यकर्तालाई निर्देशन दिएको फोन रेकड सहित उजुरी आएको र घटनाको अनुसन्धान हुने डिएसपी श्याम ओलियाले बताउनुभयो ।
नेपाल पत्रकार महासंघ कालीकोट शाखाले साउन ११ गते विज्ञप्ति निकालेर घटनाबारे ध्यानाकर्षण भएको भन्दै आरोपित अध्यक्षलाई गैरजिम्मेवार भनाई फिर्ता लिएर पत्रकारलाई आफ्नो काम गर्ने वातावरण बनाउन माग गरेको छ ।
घटनाका बारेमा आरोपित गाउँपालिका अध्यक्ष चौलागाइँले आफूले मार्ने धम्की नदिएको प्रतिक्रिया जनाउनु भएको छ ।
कालीबहादुर मल्ल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा निजका ३० वर्षीय काकालाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले ०८१ भदौ २८ गते गिरफ्तार गरेको छ। आरोपितले भदौ २८ गते बलात्कार गरेकाे भन्दै पीडितले सोहि दिन…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरी फरार रहेका आरोपित चन्द्रपुर नगरपालिका-१० का २८ वर्षीय दिनेश सहनीलाई ०८१ भदौ २७ गते इलाका प्रहरी कार्यालय चपुरले गिरफ्तार गरेको छ। आरोपित सहनिले ०८१…
बालिका कुटपिट कसुरमा तीन महिना कैद सजायको फैसला
उर्लावारी नगरपालिका-६ की ११ वर्षीया बालिका आयुसा राईलाई कुटपिट गरेको कसुरमा जिल्ला अदालतले धरान उपमहानगरपालिका-११ स्थायी घर भइ उर्लावारी नगरपालिका-६ मा बस्दै आएका २६ वर्षीय मिशन भनिने रूद्रबहादुर राईलाई ३…
बलात्कार गरेको कसुरमा कैदको फैसला
७५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भदौ ३० गते खनियाबास गाउँपालिका-५ का ५१ वर्षीय पदमबहादुर तामाङलाई जन्मकैद हुने फैसला गरेको छ । न्यायधीश गोपालप्रसाद बास्तोलाको इजलासले कसुरदारलाई जन्मकैद…
बलात्कार गरेको ठहर गर्दै ८ वर्ष ८ महिना कैदको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १६ वर्षीय बालकलाई जिल्ला अदालतले भदौ ३१ गते ८ वर्ष ८ महिना कैद गर्ने फैसला गरेको छ । न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले बालकलाई ८…