पत्रकारलाई कुटपिट गरेको घटनाका आरोपितविरूद्ध उजुरी

  ०७९ साउन १० गते

न्युज २४ का जिल्ला समाचारदाता तथा बर्दिवास नगर पत्रकार सञ्जालका अध्यक्ष बर्दिवास नगरपालिका–३ गौरीडाडाका २६ वर्षीय ललन मण्डल र सोही ठाउँका २५ वर्षीय अजित चौधरीलाई साउन ९ गते गौशाला बजारमा कुटपिट गरेको आरोपमा गौशला नगरपालिकाका ४२ वर्षीय सञ्जय रौनियार, ४१ वर्षीय अशोक यादव र ४२ वर्षीय वित्त यादवविरुद्ध पीडितले साउन ९ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

स्थानीय दुई पक्षबिच लेनदेनको विषयमा भइरहेको छलफलको रिपोर्टिङ गर्न पुगेको बेला आरोपितहरूले कुटपिट गरेको पत्रकार मण्डलले बताउनु भयो ।

आरोपितहरूमध्ये सञ्जय रौनियारलाई बीआर ०६१७०० नम्बरको भारतीय स्कारपिओ गाडीसहित साउन ९ गते साँझ नै गिरफ्तारीमा परेको र अन्य आरोपित फरार रहेकाले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय गौशलाका सई त्रिभुवन साहले बताउनु भयो ।


अजयकुमार साह