पत्रकारलाई कुटपिट गरेको आरोपमा जनप्रतिनिधि विरूद्ध उजुरी
चितवनबाट प्रकाशन हुने जनअर्पण साप्ताहिकका सहसम्पादक अजय गोर्खालीलाई कुटपिट गरेको आरोपमा गैँडाकोट नगरपालिकाका आठ जना जनप्रतिनिधिविरूद्ध प्रहरीमा उजुरी परेको छ ।
कुटपिटमा संलग्न भएको आरोपमा गैँडाकोट नगरपालिका-३ का वडा अध्यक्ष शिवकान्त तिवारी, १८ का वडा अध्यक्ष तिलबहादुर चितौरे, ७ का वडा अध्यक्ष चोलानाथ उपाध्याय तथा नगर कार्यपालिका सदस्यहरू सुकबहादुर दराई, कान्छिमाया पुरी, कुमारी रेखा पौडेल, सङ्गीता घिमिरे पण्डित र मेनुका कँडेलविरूद्ध जिल्ला प्रहरी कार्यालय नवलपरासी (वर्दघाट सुस्ता पूर्व) मा उजुरी परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (वर्दघाट सुस्ता पूर्व)ले जनाएको छ ।
भदौ २२ गते समाचार सङ्कलनको क्रममा गैँडाकोट नगरपालिका पुगेका पत्रकार गोर्खालीलाई कुटपिट गरेको भन्दै नेपाल पत्रकार महासङ्घ, चितवन शाखाले भदौ २५ गते प्रहरीमा उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (वर्दघाट सुस्ता पूर्व)का डिएसपी लिलाराज लामिछानेले बताए ।
उजुरीको विषयमा थप अनुसन्धान तथा छलफलका लागि इलाका प्रहरी कार्यालय गैँडाकोट पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तिर्थराज डुम्रे
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २४ गते)
साउन २४ गते ५ सय ६० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९१ हजार १ सय ८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तुलसीपुर उप–मनपा–६ का ३४ वर्षीय बालाराम डाँगीलाई साउन २४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २३ गते यौन दुर्व्यवहार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तानसेन नगरपालिका– ६ का २५ वर्षीय शंकर बिकलाई साउन २२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २१ गते यौन…
बाबुद्वारा जङ्गलमा अलपत्र छाडिएकी बालिकाको मृत्यु, आरोपित बुबा गिरफ्तार
१५ महिने अनामिका बोहोरालाई जङ्गलमा अलपत्र छाडिएकी बालिकाको मृत्यु भएपछि प्रहरीले बागलुङ नगरपालिका–६ लमगाउँका ३७ वर्षीय बालिकाका बाबु दीपक बोहोरालाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
६ महिने बालिकाको हत्या गरेको आरोपमा आमा गिरफ्तार
६ महिने नाबालिका छोरीको हत्या गरेको आरोपमा प्रहरीले गल्याङ् नगरपालिका–२ इलुङगाकी २२ वर्षीया लक्ष्मी राना र लक्ष्मीका प्रेमी पाल्पा रामपुरका केदार कुमाललाई साउन २० गते गिरफ्तार गरेको छ । ६…