पत्रकारमाथि हातपात घटनाका आराेपितविरुद्ध प्रहरीमा उजुरी
सिमकोट गाउँपालिका–७ डाँडाफया घर भइ रेडियो कैलाशमा कार्यरत २५ वर्षीय ओवराज शाहीलाई सोही गाउँपालिका–३ बरगाउँका ३० वर्षीय निमा लामाले हातपात गरेको आरोपमा पीडित पक्षले आराेपितविरुद्ध पुस ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ ।
रेडियोमा पुस ८ गते समाचार बाचनका लागि कार्यालयमा जाने क्रममा लामाले पत्रकार शाहीलाई मदिरा सेवन गरी कुटपिट गरेपछि प्रहरीमा उजुरी गरेको पीडितले बताउनु भयो ।
कुटपिट गर्दा पत्रकार शाहीलाई सामान्य चोट लागेको र स्थानीय स्तरमै उपचार भएको छ । पीडितको उजुरीका आधारमा दुवै पक्षलाई बोलाएर छलफल गर्ने जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजन प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…