पत्रकारमाथि वडाध्यक्षद्वारा दुर्व्यवहार र धम्की

  ०८० मङ्सिर २ गते

नेपाल पत्रकार महासंघ कास्कीका पूर्वउपाध्यक्ष तथा डनन्युज डटकमका सम्पादक राजेन्द्र अधिकारीलाई पोखरा महानगरपालिका– २१ का वडाअध्यक्ष दीपकप्रसाद सुवेदी र उहाँका परिवारका सदस्यले समाचरकाे विषयलाई लिएर मङ्सिर १ गते बेलुका टेलिफाेन मार्फत दुर्व्यवहार साथै धम्की दिइएकाे छ ।

मित्रमिलन बचत तथा ऋण सहकारीको समाचारको विषयलाई लिएर अधिकारीले वडाध्यक्ष सुवेदीलाई फाेन गर्दा सुवेदीले  टेलिफोन संवादमै अधिकारीलाई अपशब्द प्रयोग गरी दुर्व्यवहार गर्नुभएकाे हाे । टेलिफेनमा अधिकारीलाई वडाअध्यकी पत्नी मिनाकुमारी आर्चाय सुवेदीले बलात्कारकाे भुटाे मुद्दा लगाएर फसाउने लगायतका धम्की दिएकाे आफुसङ्ग अडियाे समेत रहेकाे अधिकारीले बताउनुभयाे  ।

समाचारको विषयमा चित्त नबुझे कानुनी उपचार खोज्ने बाटो हुँदाहुँदै अधिकारीमाथि गरिएको दुर्व्यवहार प्रति पत्रकार महासंघ कास्की शाखाले विज्ञप्ति निकालेर वडाअध्य र उहाँकी पत्नीकाे कदमप्रति घोर निन्दा र भर्त्सना गरेकाे छ । शाखाले पत्रकारितामाथिकै अपमान भएको पत्रकार महासंघ कास्कीको ठहर छ ।

पत्रकार महासंघले दुर्व्यवहार गर्ने सुवेदी र उहाँका परिवारका सदस्यलाई कानुनी कारबाहीको लागि स्थानीय प्रशासन समक्ष माग गरेकाे छ । संघले यस्ता कार्य नदोहोऱ्याउन सम्बन्धित पक्षको ध्यानाकषर्ण समेत विज्ञप्तिमार्फत गराएकाे छ ।

received_1061767464844027


इन्सेक गण्डकी प्रदेश कार्यालय पाेखरा ।