दुर्व्यवहार घटनाका आरोपित विरुद्ध प्रहरीमा उजुरी
जनकपुरधाम उपमहानगरपालिका–११ बस्ने प्राइम टेलिभिजनका धनुषा संवाददाता ३० वर्षीया चाँदनी झा ले आफूलाई फागुन ३० गते दुर्व्यवहार गरेको आरोपमा रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पस जनकपुरधाममा अध्ययनरत ३२ वर्षीय कमोध मण्डलविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा चैत १ गते उजुरी दिएकी छिन् ।
राराब क्याम्पसमा हुन गइरहेको स्ववियु निर्वाचनको सामाचार सङ्कलन गर्ने क्रममा क्याम्पस परिसरमा मण्डलले आफूमाथि अपमानजनक शब्दको प्रयोग र व्यवहार गरेको, साथै आफ्नो अस्मितामा आँच पुग्ने गरि गाली बेइज्जती गरि अभद्र व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा पत्रकार झा ले उजुरी दिएकी छिन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी वेदप्रसाद गौतमले पत्रकार झा को उजुरी प्रहरीमा आएको र महिला संचारकर्मी माथि भएको दुर्व्यवहारको घटनाबारे आफूहरूले गम्भिरताका साथ अनुसन्धान गरिरहेको बताउनु भयो ।
रिर्पोटिङ्गको क्रममा राराब क्याम्पसमा पत्रकार चाँदनी झा माथि भएको दुर्व्यवहारको घटना प्रति नेपाल पत्रकार महासंघ धनुषा शाखाले एक प्रेस विज्ञप्ति जारी गरि घोर भत्र्सना गरेको छ ।
नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष मनिका झा ले “पत्रकारिता समाजको ऐना हो, समाजमा भइरहेको गतिविधिलाई संचारमाध्यमबाट श्रोता, दर्शक र पाठक समक्ष प्रस्तुत गरिनु कठिन कार्य रहेको र महिला पत्रकारलाई अझै बढी चुनौती रहेको” बताउनु भयो । साथै उहाँले महिला पत्रकार चाँदनी झा माथि भएको दुर्व्यवहारको घटनामा संलग्न आरोपितलाई कानून बमोजिम कारबाही गर्न स्थानिय प्रशासनसँग माग गर्नुभएको छ ।
दिपेन्द्र प्रसाद सिंह
सम्बन्धित समाचारहरू
अस्पताल एम्बुलेन्स बिहिन हुदाँ बिरामी मर्कामा
बेनी नगरपालिका–१ रत्नेचौरका चन्द्र थापामगरले आफ्नी पत्नीलाई लिएर बेनी अस्पताल आउनु भएको थियो । उहाँकी पत्नीको अप्रेसन गरेर बच्चाको जन्म गराइयो । बच्चा जन्मदा सामान्य अवस्था रहे पनि पछि स्वासप्रश्वासमा…
जातीय विभेद घटनाका आरोपित विरूद्ध उजुरी
माछापुच्छ्रे गाउँपालिका– ५ का वडा सदस्य रामजी लामिछानेसहित चार जनाविरूद्ध नारायण परियारले चैत ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ । ब्रतबन्धको भोजमा जातीय विभेद गरेको आरोपमा परियारले वडासदस्य…
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्नेहरू पाँच दिनका लागि प्रहरी हिरासतमा
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध ०७९ चैत ७ गते काठमाडौँ महानगरपालिका-१० थापागाउँमा नाराबाजी गर्ने तीन जना युवालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन…
एसिड प्रहारको कसुरमा साढे १० वर्ष कैद
जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगर बस्ने पत्नी २८ वर्षीया आरती साहमाथि ०७७ साल कात्तिक २९ गते एसिड प्रहार गरेको कसुरमा जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठा बस्ने पीडितका पति ३६ वर्षीय संजिव साहलाई साढे १० वर्ष…
यौन दुर्व्यवहार कसुरमा १ वर्ष ४ महिना कैद
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा राजविराज नगरपालिका–९ गढियाका २३ वर्षीय धिरेन भनिने धिरेन्द्र सदालाई चैत ८ गते १ वर्ष ४ महिना कैद भएको छ । जिल्ला न्यायाधीश हेमन्त…