पत्रकारमाथि कुटपिट घटनाका आरोपित गिरफ्तार

  ०७४ असोज ३० गते

पत्रकार सुरेशराज अधिकारीलाई हातपात गरेको आरोपमा प्रहरीले पोखरा लेखनाथ मनपा-२८ का ३७ वर्षीय विकास लामा गुरुङलाई असोज २९ गते गिरफ्तार गरेको छ ।

समाचार लेखेकै आधारमा समाधान राष्ट्रिय दैनिक र माछापुच्छ्रे एफएममा कार्यरत अधिकारीलाई असोज २९ गते पोखरा महानगरपालिकाको समाचार सङ्कलनका क्रममा गुरुङले हातपात गरेको भन्दै पीडितले सोही दिन जिल्ला प्रहरी कार्यलय कास्कीमा उजुरी दिएका थिए ।

उजुरी लगत्तै आरोपितलाइ गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यलयका इन्स्पेक्टर गणेश बमले जानकारी दिए । घटनाका पीडित पत्रकार सुरेशराज अधिकारीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।


संगीता भाट