पत्रकारद्वारा मेयरविरूद्ध मौन जुलुस प्रदर्शन
धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ्ग राईले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने गरी पटक–पटक पत्रकारहरूलाई गालीगलौज गरेको आरोपमा पत्रकारहरूले जेठ १ गते मौन जुलुस प्रदर्शन गरेका छन् ।
पत्रकार तथा सञ्चार संस्थाप्रति मेयर राईले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिले पत्रकारहरू असुरक्षित भएकाले जनप्रतिनिधिविरूद्ध मौन जुलुस प्रदर्शन गर्नु परेको पत्रकार महासङ्घ सुनसरी शाखा अध्यक्ष जनकऋषि राईले बताउनु भयो ।
प्रेस स्वतन्त्रतालाई सम्मान गर, तिमी शासक कि जनप्रतिनिधि, स्वतन्त्रपूर्वक बोल्न र लेख्न देऊ, प्रेस स्वतन्त्रताका रक्षा गर लगायतको प्लेकार्डसहित पत्रकारहरूले मौन जुलुस प्रदर्शन गरेका हुन् ।
मेयर राई पत्रकार तथा सञ्चार संस्थाप्रतिको अभिव्यक्तिको विरोध स्वरूप नगरपालिकाको गेटमा पत्रकारहरूले मुख थुनेर विरोध जनाएका छन् ।
यसअघि नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाले ०८० वैशाख २९ गते जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रीसमक्ष सुरक्षा माग गर्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई ज्ञापनपत्र बुझाएको थियो ।
जेठ २ गते धरान उपमहानगरपालिकाका पूर्व प्रमुखहरूसँग अन्तरक्रिया गरी पहिलो चारणको आन्दोलन सकिने महासङ्घका अध्यक्ष जनकऋषि राईको भनाई छ ।
मेयर राईले भने पत्रकारहरूले आफूले गरेका असल कामलाई प्रोत्साहन नगरी गलत कुरालाई मात्र प्राथमिकता दिँदै आएको बताउनु भएको छ ।
पत्रकार मानव अधिकार रक्षकसमेत भएकाले मानव अधिकार रक्षकको पहिचानलार्ई सङ्कुचनमा पार्ने काम जनप्रतिनिधिबाट भएकाले बाध्य भएर आन्दोलन गर्नु परेको नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य अमर खड्काले बताउनु भयो ।
मानव अधिकार रक्षकसम्बन्धी घोषणपत्र सन् १९९८ ले पत्रकारलाई मानव अधिकार रक्षकका रूपमा परिभाषित गरेको छ ।
जयकृष्ण यादव
सम्बन्धित समाचारहरू
श्रमको हक : पारिश्रमिक नपाएको शिक्षिकाको गुनासो
नेपालको संविधान २०७२ को धारा ३४ मा श्रमको हक सम्बन्धी व्यवस्था गरिएको छ । सोही धाराको उपधारा १ मा पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्नेलाई कामदार वा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका–४ का २९ वर्षीय लोकबहादुर नेपालीलाई प्रहरीले जेठ २२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ २१ गते बलात्कार गरेको…
विकासलाई वातावरणमैत्री बनाउनुपर्छ-राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिनु भएको छ । विश्व वातावरण दिवसका अवसरमा जेठ २२ गते शुभकामना व्यक्त गर्दै उहाँले एक सन्देश जारी गर्नु भएको छ । सन्देशमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरानचोक गाउपालिका–४ का १९ वर्षीय सौरभ कुमाललाई प्रहरीले जेठ २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २० गते बलात्कार गरेको भन्दै…
मुख्यमन्त्रीलाई मानवअधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी मस्यौदा विधेयक हस्तान्तरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्षडा.कुन्दन अर्याल नेतृत्वको टोलीले जेठ २१ गते मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटि मानव अधिकारको सुरक्षा र संरक्षणसम्बन्धी मस्यौदा विधेयक हस्तान्तरण गरेको छ ।…