पत्नी हत्या घटनाको आरोपमा पति गिरफ्तार
गौशला नगरपालिका–४ रजखोर की २६ वर्षीया आरती साहलाई पति ३८ वर्षीय उमेश साहले वैशाख ८ गते विष खुवाइ हत्या गरेको आरोपमा सोही दिन जिल्ला प्रहरी कार्यालय, महोत्तरीले गिरफ्तार गरेको छ ।
मृतक आरती साहका बुबा बली साहले जिल्ला प्रहरी कार्यालयमा वैशाख ८ गते आरोपितविरुद्ध उजुरी दिएका थिए । त्यस्तै वैशाख १० गते आरोपित आरती साहका पति र नन्द आशा साहविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् ।
वैशाख ८ गते आरतीले विष सेवन गरेकोले उपचारको लागि बर्दिवासस्थित ट्रमा सेन्टरमा लिएर आएको आरोपित पतिले बताएका छन् ।
“आरतीलाई ल्याउँदा सास चलिरहेपनि ब्लड प्रेसर शून्य थियो,” र “उपचारकै क्रममा १५ मिनेटपछि आरतीको मृत्यु भयो,” उपचारमा संलग्न चिकित्सक डा. सन्तोष यादवले जानकारी दिनुभयो । डा. यादवका अनुसार आरती साहको मृत्यु मुसा मार्ने विष सेवनबाट भएको हो । साथै पोष्टमार्टम रिपोर्टबाट विस्तृत विवरण आउने उहाँले बताउनुभयो ।
आरोपित उमेश साह र मृतक आरतीबीच ६ वर्ष अगाडि विवाह भएको थियो । तर, २ वर्ष पछि उसको अनुहार राम्रो नभएको तथा मन पर्दैन भन्दै आरोपित पति, सासु र नन्दलगायतले कुटपिट तथ यतना दिने गरेको आरतीका भिनाजु गौशलाका सञ्चारकर्मी समेत रहेका निरञ्जन साहले इन्सेक महोत्तरी प्रतिनिधि अजय साहलाई बताएका छन् । मृतक आरतीका एक ७ महिनाका छोरा र ३ वर्षकी छोरी छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
अजयकुमार साह
सम्बन्धित समाचारहरू
डेङ्गी सङ्क्रमित बढे, जिल्ला अस्पतालमा वेड अभाव
डेङ्गी सङ्क्रमित बढेपछि जिल्ला अस्पतालमा वेड अभाव भएको छ । डेङ्गी सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय भन्दा बढी भएपछि ३७ ओटा वेड क्षमता भएको अस्पतालमा वेड अभाव भएको अस्पताल…
कानुनी प्रक्रियामा जानका लागि हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतको बराहाताल गाउँपालिका –२ रानीघाट घर भइ हाल वीरेन्द्रनगर नगरपालिका – ३ मा बस्दै आएकी २५ वर्षीया भोजकुमारी खड्कालाई असोज १५ गते…
बलात्कार गरेको कसूरमा तीन वर्ष कैदको फैसला
४० वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३५ वर्षीय चक्र ओडलाई ०८० असोज १४ गते तीन वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद…
जिल्ला अस्पतालमा औषधिको अभाव : बिरामीलाई समस्या
जिल्ला अस्पतालमा एक सातोदेखि अत्यावश्यक औषधिको अभाव देखिएको छ । अस्पतालमा औषधि अभाव हुँदा बिरामीलाई समस्या भएको छ । नियमित रुपमा खरिद गर्नु पर्ने औषधि खरिद नहुँदा अस्पतालमा औषधिको अभाव…
पहुँचयुक्त विद्यालयमा पदस्थापनकाे माग गर्दै दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका आमरण अनसनमा
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै पोखरा महानगरपालिका– १३ भलाम निवासी ३८ वर्षीया दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका शोभा पौडेल २०८० असोज १४ गते देखि गण्डकी प्रदेश…