पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

भेरीमालिका नपा-४ की २८ वर्षीया राधिका सुनारलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले राधिकाका ३० वर्षीय पति दलबहादुर सुनारलाई माघ २३ गते घरैबाट गिरफ्तार गरेको जनाएको छ ।

राधिकाको शव जिल्ला सदरमुकाम खलङ्गा नजिकै रहेको पासागाड खोलामा माघ २३ गते फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालले बताए । शवको जिल्ला अस्पताल जाजरकोटमा माघ २३ गते पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ ।

नेपाली सेनाको जवान पदमा सुर्खेतमा कार्यरत सुनार घर विदामा आएका बेला पत्नीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको स्थानीयबासीले प्रहरीलाई जानकारी दिएको डिएसपी रिमालले बताए । सुनारका सात र तीन वर्षीय दुई छोरा रहेका छन् ।


दिनेशकुमार श्रेष्ठ