पत्नी हत्या घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
नेपालगन्ज उपमनपा–१० भृकुटीनगरकी १९ वर्षीया स्वस्तिका लिम्बुको हत्या २० वर्षीय पति आशिष भनिने मुकेश बुढा क्षेत्रीले गरेको आरोपमा माइतीपक्षले वैशाख २ गते आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
आरोपितले वैशाख १ गते नै हत्या गरेको भन्दै पीडित पक्षले उजुरी दिएको हो । आरोपितलाई कारवाहीको माग गर्दै वैशाख ३ गते नेपालगञ्जमा पीडित पक्षले प्रदर्शन समेत गरेका छन् ।
वैशाख १ गते मुकेशले स्वस्तिकाको हत्या गरेर आत्महत्या जस्तो देखाउन खोजेको माइतीपक्षले आरोप लगाएको छ ।
प्रहरीमा दिएको उजुरीमा मुकेश लागुऔषध दुव्र्यसनी भएको र विगतमा पनि पत्नीलाई कुटपिट गर्ने गरेको उल्लेख छ । मृतकको शरीरभरी निलडाम भएको र नयाँ वर्ष मनाउन माइती घर आउन नदिएको मृतककी आमाले बताइन् ।
उनीहरूको प्रेम विवाह ०७५ कात्तिक ५ गते भएको थियो । घटनाको दिन मृतक पङ्खामा झुण्डिएको अवस्थामा भेट्टिएको आरोपित मुकेशले प्रतिक्रिया दिएका छन् ।
घटनास्थल पुग्दा शव खाटमा पाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले हत्याको आरोपमा मुकेशलाई वैशाख २ गते गिरफ्तार गरी अनुसन्धान थालेको जनाएको छ ।
घटनापछि मृतकको मोबाइल लुकाइएको पीडित पक्षको आरोप छ । पङ्खामा झुण्डिएको भनिएको शव प्रहरी नपुग्दै झिकिएको र घटना मिलाउन राजनीतिक शक्तिको आडमा प्रहरीलाई दबाब दिइरहेको भन्दै निष्पक्ष अनुसन्धानको माग गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका एसपी अरुण पौडेलले घटनाको अनुसन्धान भइरहेको बताउँदै घटनाप्रति सम्वेदनशील भएको बताए । शव पोष्टमार्टमका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा राखिएको छ ।
स्मृति देवकोटा
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…