पत्नी हत्या घटनाका आरोपित विरुद्ध उजुरी
श्रीनगर गाविस-७ की ३० वर्षीया चाउरी लुवारको हत्या गरेको आरोपमा ३१ वर्षीय पति जगति लुवारलाई कानुनी कारबाहीको माग गर्दै मृतकका भाइ जसवीर लुवारले मङ्सिर २० गते जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दिएका छन् ।
पीडित महिलालाई डोरीले घाँटी कसेर मङ्सिर ९ गते हत्या गरेको आरोपमा पीडित पक्षले दिएको मौखिक उजुरीका आधारमा प्रहरीले आरोपितलाई अनुसन्धानका लागि मङ्सिर १५ गते गिरफ्तार गरेको थियो ।
जगती लुवारले हत्या गरेको अभियोगमा मङ्सिर २० गते उजुरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख इन्स्पेक्टर ओमप्रकाश यादवले बताए ।
मृतकको पोष्टमार्टम मङ्सिर १० गते बाजुरा जिल्लाको कोल्टी अस्पतालमा भएको प्रहरीले जनाएको छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…