पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

सुनवल नगरपालिका–१२ प्रतापपुरकी २८ वर्षीया शोभा हरिजनलाई हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय पति अशोक हरिजनलाई असोज ८ गते गिरफ्तार गरेको छ ।

पत्नीलाई असोज ७ गते उपचार गर्ने नाममा हत्या गरेको भन्दै मृतकका बावु रामकेवल हरिजनले असोज ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई माधवप्रसाद भण्डारीले बताए । शवको पोष्टमार्टम असोज ७ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको छ ।


नारायण पराजुली