पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
बाँसगढी नपा-७ बभनपुरुवाकी ३० वर्षीया छोटकनी यादवको आरोपमा ३२ वर्षीय दशरथ यादवलाई जेठ १६ गते गिरफ्तार गरेको छ ।
घटनापछि फरार रहेका आरोपितलाई नेपालसँग नजिकको भारतको मैतिहिनी गाउँमा लुकिछिपि रहेको अवस्थामा प्रहरीले भारततर्फसमन्वय गरी गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
पीडित पक्षले घटनाका आरोपितविरूद्ध जेठ १५ गते उजुरी दर्ता गराएको थियो । आरोपित दशरथलाई गिरफ्तार गरी कानुनी रूपमा अनुसन्धान अगाडि बढाएको इलाका प्रहरी कार्यालय बाँसगढीका र्सइ रविलाल अस्लामीले बताए ।
प्रहरीले दशरथका बुवा ५५ वर्षीय मिहिलाल यादव, २४ वर्षीय माइला भाइ लगेश्वर यादव र ४० वर्षीय भिनाजु प्यारेलाल यादवलाई पनि अनुसन्धानको लागि जेठ १५ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
आरोपितले कुटपिट गरी गम्भीर घाइते भएकी छोटकनीको उपचार बाँकेस्थित मेडिकल कलेज कोहलपुरमा जेठ १४ गते उपचारको क्रममा मृत्यु भएको हो । यादव परम्परा अनुसार उनको दहासंस्कार गरिएको छ । छोटकनीको पोष्टमार्टम जेठ १४ गते नै भेरी अस्पताल नेपालगञ्जमा गरिएको छ ।
पतिले कुटपिट गरी घाइते भएपछि छोटकनीका माइतीले उनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा उपचारको लागि जेठ ७ गते भर्ना गरेका थिए ।
घरायसी विषयमा विवाद हुँदा पतिले जेठ ७ गते कुटपिट गरेको आरोपमा माइती पक्षबाट पतिविरूद्ध प्रहरीमा उजुरी दर्ता गरेको छोटकनीका जेठाजु लेखराज यादवले बताए ।
पीडित पक्षले आरोपित दशरथलाई कानुनी कारबाहीको मागगर्दै पीडित पक्षले जेठ ९ गते इलाका प्रहरी कार्यालय बाँसगढीमा उजुरी दिएको थियो ।
मानबहादुर चौधरी
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा नौ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तुलसीपुर–१४ का १५ वर्षीय बालकलाई ९ वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले फागुन ६ गते दोषी ठहर…
बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा घोराही उमनपा–१२ का १९ वर्षीय गणेशप्रसाद चौधरीलाई जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले फागुन…
इन्सेक र मानवअधिकार आयोगद्वारा आत्महत्या घटनाको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग मधेस प्रदेशले नवराजपुर गाउँपालिका–१ मा भएको आत्महत्या घटनाको ०८१ फागुन ४ गते संयूक्त रुपमा अनुगमन गरेको छ । राष्ट्रिय मानवअधिकार आयोग…
अपहरण तथा शरीर बन्धक घटनाका आरोपितविरुद्ध उजुरी
२१ वर्षीया युवतीलाई अपहरण गरी शरीर बन्धक बनाई फरार रहेका आरोपित जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थाका २२ वर्षीय सुमित रायविरुद्ध ०८१ फागुन ५ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिनुभएको…
विद्यार्थीमाथि भएको जातीय विभेद घटनाको इन्सेक र मानवअधिकार आयोगद्वारा अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेशले लहान नगरपालिका-१४ स्थित बस्तीपुर माध्यमिक विद्यालयमा दलित छात्रमाथि भएको जातीय छुवाछुत तथा विभेद घटनाको ०८१ फागुन ४ र ५…