पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
झलारी पिपलाडी नपा-४ असैनाकी २१ वर्षीया जिविका रानाको हत्या गरेको आरोपमा प्रहरीले उनका २१ वर्षीय पति बलराम रानालाई असोज १५ गते गिरफ्तार गरेको छ ।
पीडित महिलासँग रामान्य विवाद भएपछि असोज १४ गते राति बलरामले जिविकाको टाउकोमा ढुङ्गाले प्रहार गरी हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आरोपितलाई गिरफ्तार गरेको जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा बलरामले पत्नीको हत्या गरेको स्वीकार गरिसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नैनसिंह कार्कीले बताए ।
पीडित महिलाको शवको पोष्टमार्टम असोज १५ गते महाकाली अञ्चल अस्पतालमा गरिएको पनि प्रहरीले जनाएको छ ।
कोमलनिरन्जन भाट
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका ३४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…
जङ्गली च्याउ खाँदा १० जना बिरामी मध्ये एक जनाको मृत्यु
जिल्लाको व्यास नगरपालिका-३ मा जङ्गली च्याउ घरमा ल्याएर खाँदा एकै परिवारका १० जना बिरामी परेका छन् । म्याग्दे गाउँपालिका-६ सर्वलाङ बस्ने ३० वर्षीय नारायण मगरले बारीमा उम्रेको जङ्गली च्याउ टिपेर…