पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

बर्दिया जिल्ला बासगडी नपा-५ की ३० वर्षीया चन्द्रकला ओलीलाई हत्या गरेको आरोपमा प्रहरीले हाल मध्यपहाडी लोकमार्गको आठराई खण्डमा मजदुरीका लागि आएका ४० वर्षीय गोविन्द ओलीलाई प्रहरीले फागुन २७ गते गिरफ्तार गरेको छ ।

मादक पदार्थ सेवन गरी कन्चटमा मुक्का प्रहार गरेर पत्नीको हत्या गरेको इलाका प्रहरी कार्यालय सक्रान्ति बजारका प्रमुख डम्बर पुरीले बताए ।

गिरफ्तार गरिएका आरोपितको स्वास्थ्य जाँच फागुन २७ गते स्थानीय स्वास्थ्य चौकीमा गरी घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

आरोपितको परिवार गत कार्तिक महिनादेखि केजी निर्माण कन्सल्टेन्सीद्वारा निर्माण भइरहेको मध्यपहाडी लोकमार्ग अन्तर्गत आठराई सडक खण्डमा मजदुरीका लागि आएका थिए ।

शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र आठराइ सक्रान्तिमा राखिएको प्रहरीले जनाएको छ ।


भगिश्वर लिम्बु